तारादेवीको साँघुरी बारी बुनुको स्वरमा



गायिका तारादेवीको बहुचर्चित सदाबहार गीत साँघुरी बारी नि हौ यो धारा पानी फेरि एकपटक नयाँ स्वरमा गाइएको छ। ट्रिब्युट भर्सनको रुपमा उक्त गीत म्युजिक भिडियोसहित हालै सार्वजनिक भएको छ। गीतको ओरिजनल भर्सनमा तारादेवीको स्वर रहेकोमा ट्रिब्युट भर्सन गायिका बुनु श्रेष्ठले गाएकी हुन्।

शेखर श्रेष्ठको शब्द रहेको गीतको ट्रिब्युट भर्सनलाई मनोजराज भण्डारीले एरेन्ज गरेका छन्। करिब साढे ४ मिनेटको उक्त गीतको म्युजिक भिडियोमा गायिका बुनुलाई नै प्रस्तुत गरिएको छ। उक्त भिडियो स्टुडियो साउन्डमिलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

प्रतिक्रिया दिनुहोस्