अमेरिकाबाट आयो अधुरो सपना


कोरोनाको प्रभाव तथा लकडाउनका कारण हाल फिल्मी गतिविधि ठप्प भएका छन् भने गीत संगीतको क्षेत्रमा म्युजिक भिडियोको निर्माणमा तीव्रता आइरहेको छ। लकडाउनका बीच पनि धमाधम गीतहरु रेकर्डिध्र भई सार्वजनिक भइरहेका छन्।

देशदेखि विदेशबाट समेत गीतहरु तयार भई यसका म्युजिक भिडियो सार्वजनिक हुने क्रम पनि वृद्धि भइरहेको छ। यसै क्रममा अमेरिकाको क्यान्सस् राज्यमा गीतकार रीमा श्रेष्ठको पहिलो गीति एल्बम अधुरो सपना सार्वजनिक भएको छ। एल्बममा संगृहित निष्ठुरी नसम्झ बोलको गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको छ। म्युजिक भिडियो नौलो डिजिटल युट्युबमार्फत सार्वजनिक गरिएको हो। म्युजिक भिडियोको निर्देशन एकान्त मगरले गरेका छन् भने कर्णवीर र मनीषा कार्कीले अभिनय गरेका छन्।

कुशल गुरुध्रको निर्माणमा तयार पारिएको एल्बम अधुरो सपनामा ७ गीत संगृहित छन्। यी गीतमा अम्बर तुम्बापो सुब्बा, संगीतकार येदिन गजमेर र संगीतकार तथा गायक अनुप रेग्मीको संगीत छ भने यी गीत राजेशपायल राई, अञ्जु पन्त, अनुप रेग्मी, विन्दु परियार, कर्णवीर, विद्या तिवारी, स्वरुपराज आचार्य, मेघा श्रेष्ठ र केभिनग्लान तामाध्रले गाएका छन् ।

अमेरिकालाई कर्मथलो बनाएकी गीतकार रीमा श्रेष्ठले आफ्नो भाषा र भेषलाई भुल्न नसकेकोले मन भुलाउने र मनको भारी बिसाउने चौतारीका रुपमा गीत संगीतलाई लिएको कार्यक्रममा बताइन् । उनले मनको वह शब्दमा कोरे पनि कहाँ र कसरी एल्बम बनाउने, गीत- संगीत र भिडियो कसरी निर्माण गर्ने भन्ने थाहा नभएको र कर्णवीरसँग भेट भएपछि यसतर्फ पाइला बढाएको बताइन्।