जरिनद्वारा कास्टिङ काउचको खुलासा


जरिन खान बलिउडमा कडा मेहनतले आफ्नै बलबुतामा उभिन सफल अभिनेत्री हुन्। सन् २०१० मा फिल्म वीरबाट बलिउड प्रवेश गरेकी जरिन सधैँ आफ्नो फिट्नेसलाई लिएर चर्चामा रहने गर्छिन् भने बेलाबेलामा आफ्नो बारेमा खुलेर कुरा राख्ने बानीका कारण पनि चर्चामा आइरन्छिन्।

जरिनले हालै एक अन्तरर्वार्ताको क्रममा कास्टिङ काउचको बारेमा आफ्नो अनुभव सेयर गरेकी छिन्। उनले आफुले अभिनय गरेको एक फिल्मको सिनको रिहर्सलको बहानामा आफुलाई चुम्बन गर्ने कोशिस गरेको बताएकी छिन्। म नाम त लिन चाहन्न तर एक फिल्मको क्रममा एक व्यक्तिले फिल्मको सिन गर्ने बेला हिचकिचाहटलाई दूर गर्नका लागि रिहर्सलको जरुरी छ भनेु उनले अन्र्तवार्तामा भनेकी छिन् म त्यो बेला नयाँ भएको कारण उक्त कुरा ठीक हो भन्ने लाग्यो र रिहर्सल गर्न तयारी गरे।

ती ब्यक्तिले अब हामी चुम्बनको सिनको रिहर्सल गर्नेछौं भने। तर, मैले आफू रिहर्सलको नाममा चुम्बन गर्न तयार नभएको बताए। जरिनले कुराकानीको क्रममा उक्त व्यक्तले आफूहरु नजिकको साथीको रुपमा रहने र आफूले गर्न लागेको प्रोजेक्टको रेखदेख गर्ने भएकाले उक्त फिल्मको कामको क्रममा मद्दत गर्ने जनाउँदै उक्त प्रस्ताव स्वीकार्न भने पनि आफूले ती व्यक्तिले भने जस्तो गर्न नसक्ने भनेको बताएकी छिन्।जरिन पछिल्लो समय हम भि अकेले तुम भि अकेलेमा देखिएकी थिइन्।