अक्षयले ३६ सय कोरस डान्सरलाई महिनैपिच्छे रासन व्यवस्था गर्ने


भारतमा कोरोनाको दोस्रो लहरले जनजीवन निकै कष्टकर भइरहेको छ। सबै थोक बन्द भएपछि मानिसहरुलाई हातमुख जोर्नसमेत गाह्रो परेको छ।
विभिन्न क्षेत्रजस्तै बलिउडमा मात्र निर्भर रहने मानिसहरुको अवस्था पनि दयनीय बन्न पुगेकोे छ।

यस अवस्थामा बलिउडका थुप्रै कलाकारले सहयोगको हात अगाडि बढाएका छन्। यसै क्रममा खेलाडी अभिनेता अक्षय कुमार कोरोनासँगको भारतको लडाईंमा आफ्नो तर्फबाट सक्दो योगदान दिँदै आएका छन्। हालै अक्षयले बलिउडका ३ हजार ६ सय कोरस डान्सरलाई खानाको बन्दोबस्तका लागि हरेक महिना आफ्नोतर्फबाट रासनको व्यवस्थापन गर्ने घोषणा गरेका छन्। कोरियोग्राफर गणेश आचार्यले एक अन्तर्वार्तामा अक्षयले लकडाउनका कारण काम बन्द भएर समस्यामा परेका डान्सरको खानपिनको जिम्मेवारी अभिनेता अक्षय कुमारले लिएको बताएका छन्।

गणेशका अनुसार आउँदै गरेको आफ्नो ५०औं जन्मदिनको अवसरमा के उपहार चाहिन्छ भनेर अक्षयले सोध्दा आफूले बलिउड फिल्म उद्योगका १६ सय जुनियर डान्सर तथा २ हजार कोरस डान्सरको समस्या उनी सामु राखेपछि अक्षयले यो निर्णय गरेको बताएका छन्। यसभन्दा अघि पनि अक्षयले ए सय थान अक्सिजन कन्सन्टझेटर कोरोना पीडितका निम्ति दान दिएका थिए।