कोरोना लाजले निहुरिएर खुट्टा ढोगेर नमस्कार गर्दै भाग्यो: मदनकृष्ण श्रेष्ठ


ख्यातिप्राप्त हास्यव्यंग्य अभिनेता मदनकृष्ण श्रेष्ठले आफ्नो स्वास्थ्यको चिन्ता गर्ने सबैप्रति कृतज्ञता ज्ञापन गर्दै कोरोनालाई जितेको जनाएका छन्। मलाई माया, शुभेक्षा र आशिर्वाद वर्षाउँदै, मेरो स्वास्थ्यप्रति चिन्ता व्यक्त गर्नुहुने, सम्पूर्ण मेरा प्यारा प्यारा दर्शक श्रोता, नर्स, डाक्टर अनि पृथ्वीभरिका सम्पूर्ण नेपाली दिदी बहिनी तथा दाजु भाइमा, मेरो हृदयदेखि कृतज्ञता व्यक्त गर्दछु। यहाँहरुको आशिर्वाद लाग्यो मलाई। यहाँहरुबाट प्राप्त अमृतमय मायाको बलले कोरोनारुपी विषलाई मज्जाले पचाइयो फेसबुकमा स्ट्याटस लेख्दै उनले भनेका छन् ञकोरोनाले मलाई पछार्न त नराम्रैसँग पछा-योे। पछा-योे मात्र हैन अझ लछार्यो र हस्पिटलमा लगेर मलाई बेस्कन बजा-यो, ओर्कायो, फर्कायो, थर्काउनु थर्कायो बेला बेलामा तर्सायो पनि।

आफ्नो अनुभव सेयर गर्दै मदनकृष्णले रमाईलो ढंगले लेखेका छन् बलियो चाहिँ निक्कै बलियो रहेछ बजिया। तर सबैको माया, शुभेक्षा, प्रार्थना, र आशिर्वादको बलले गर्दा मलाई त्यसले जित्न भने सकेन। पछि कोरोना आफै लुत्रक्क परेर, लाजले निहुरिएर, मेरो खुद्मा ढोगेर नमस्कार गर्दै कान समातेर १० पल्ट उठ् बस गरेर ह्वाँ‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍….ह्वाँ ‍‍‍‍‍‍‍‍‍‍‍…. रुँदै मसँग क्षमा मागेर लुसुक्क भाग्यो। अब शरीरमा अलि अलि शिथिलता बाँकि छ। त्यो पनि अलि अलि गर्दै कमकम हुँदैछ।
कमजोरपनबाट फुर्तिलो हुँदै गएको अनुभव सेयर गर्दै मदनकृष्णले लेखेको छन् ञम पहिलोपटक ८ दिन, फेरि दोश्रो पल्ट १४ दिन मेडिसिटी हस्पिटलमा बसेर घर आएको पनि अब त एक हप्ता कटिसक्यो। डाक्टरहरुले मलाई तपाईको शरिर अब एन्टिबडी बनिसकेको छ। अब तपाईको शरीरमा अरुकसैबाट पनि कोरोना भाइरस सर्दैन र तपाईंबाट पनि अरुलाई सर्दैन।

एक प्रकारले भ्याक्सिन लिइसकेको सरह नै भइसकेको छ भनेका छन्। तर, म मेरो पीसीआर रिपोर्ट नेगेटिभ आयो भनेर सबैलाई सुनाउने इच्छाले केही नलेखी चुपचाप कुरिरहेको थिएँ।तर, हिजो फेरि पीसीआर टेस्ट गराउँदा रिपोर्टले घरमा सबैको नेगेटिभ देखियो। मेरोमा अझै अलि पोजेटिभ बाँकि रहेको देखाएको छ। डाक्टरहरुको भनाइअनुसार मेरो शरीरमा भएका कोरोनाको भाइरसहरुसबै मरिसकेका छन्। अब खालि ती मरेका भाइरसका लास मात्र बाँकि छन्। त्यो बाँकि हुन्जेल पनि मेसिनले पोजेटिभ नै देखाउँछ। त्यसले केही फरक पर्दैन, केही दिनपछि त्यो पनि आफै जान्छ भनेका छन्।मदनकृष्णले अगाडि लेखेका छन् जे होस बाँचियो बा। कोरोनाले यो मदनकृष्ण श्रेष्ठ भन्ने मान्छेलाई पार्केसन छ, प्रोस्टेट, प्रेसर, मुटुको समस्या छ, अनि अर्को कन्स्टिपेसनको पनि समस्या छ र यसलाई त मज्जाले चपाउन सकिन्छ भनेर मलाई झम्टिन आएको होला शायद यहाँहरुजस्तो मलाई औधि माया गर्नुहुने लाखौँ लाख शुभेक्षुकहरुपनि मेरै साथमा हुनुहुन्छ भन्ने कुरा त्यो मोरा कोरोनालाई के थाहारु यो कुरा मैले हजुरहरुलाई जानकारी दिनका लागि मात्र लेखेको हुँ।

मदनकृष्ण आफू संक्रमणबाट व्यावहारिकरुपमा उत्रिसके पनि खुसी भने छैनन्। लेख्छन्– ञमनमा अझै पनि पूरा खुसी लागेको भने छैन। देशमा अझै पनि कोरोना पीडितहरुधेरै बाँकि नै छन् कतिपय अझ थपिँदै पनि छन्। यस अवस्थामा देशको सबैभन्दा ठूलो समस्या भन्नु यही कुलांगार कोरोना नै हो। सरकारलाई पनि यसलाई नै पहिलो प्राथमिकता दिएर, सबैतिरबाट जति सकिन्छ छिटो भ्याक्सिन बटुलेर जनतालाई भ्याक्सिन दिएर जनताको ज्यान बचाउनतिर लाग्न सम्झाउन चाहन्छु। जनता नै भएन भने कसलाई शासन गर्नेरु हैन तरु सबैको जय होस ।
सबैको कल्याण होस्। कोरोनाबाट संसार चाँडै मुक्त होस्।ु