भोट पाउने काम गरेर देखाउनु पहिले: प्रियंका कार्की


नेपाल सरकार प्रति बिनम्र अनुरोध। आँखा खोलेर एकपटक नियालेर देशको स्तिथि हेर्नुस्, आहिलेको समयमा देश र जनतालाई चूनाव चाहिँदैन। यो आहिले प्राथमिकतामा पर्दैन। यति सामान्य कुरा पनि देख्न र बुज्न नसक्ने?

देश हाक्ने शक्ति, देशलाई प्रगति र उन्नतिको मार्गमा लाने र ईमानदारी र जिम्मेवारीको साथ देश र जनताको सेवा र सुरक्षा गर्ने यो सरकारको दायित्व होईन र? हजाराैको दरले दैनिक कोरोना संक्रमितहरु बढिरहेका छन्, अस्पतालमा ठाउँ छैन, भेन्टिलेटर छैन, अक्सिजन छैन, जनताले भ्याक्सिन लाउन पाएको छैन, निषादेज्ञा चलिरहदाँ जनताले दुई छाक खान पाएका छैनन्, हामी नेपाल जस्तो संस्था र आदर्श मिश्रजस्तो नागरिकले देशको हालत र परिस्थितिमा सुधार ल्याऊन दिन रात खटिरहेका छन्, जून काम खासमा यो सरकारको हो।

यो सब देख्दा देख्दै पनि आहिलेको नाजुक घडीमा ४० अर्ब चूनावमा खर्च गर्ने? देश र जनतालाई साच्चै यही चाहिएको हो त यो समयमा? बुझ पचाएर बस्ने?अझै पनि आफूले आफुसँग नजर मिलाउन सक्छौ ए सरकार? राति निद्रा राम्रो लाग्छ?तिम्रो देश जलिरहेको छ। जनताहरु मरीरहेका छन्। आक्रोश फैलिएको छ। त्रास छ। डर छ।अहिलेको समय र परिस्थितिको प्राथमिकता बुझनुस्।४० अर्ब अक्सिजन सिलिण्डर, आईसीयु वार्ड, भेन्टिलेटर, हेल्थ केयर सिष्टम, फ्रि भ्याक्सिन फर अलमा खर्च गर्नुस।यो प्राथमिकतामा परे जनता खुशी पनि हुन्थे, राहत पनि मिल्थ्यो। जनता रहे त देश रहन्छ नि होइन र? चुनाव त बिस्तारी समय परिस्थिति ठीक भाएपछि गराैला नि। चुनावमा भोटको आशा गर्ने ए सरकार, भोट पाऊने लायक काम गरेर त देखाऊनुस पहिले।