जेट दुर्घटनामा टार्जनको निधन


अमेरिकाको नासभिल्लामा भएको जेट दुर्घटनामा फिल्म टार्जनका अभिनेता जो लारा र उनकी पत्नीसहित ६ जनाको निधन भएको छ। शनिबार बिहान ११ बजे स्मिर्ना रदरफोर्ड काउन्डी हवाई अड्डाबाट उडान भरेको सेसना सी ५०१ नामको उक्त जेट हवाई अड्डाको नजिकै रहेको पर्सी प्रीस्ट नामक तालमा गएर दुर्घटना भएको थियो।

एक फाएर रेस्क्यु क्याप्टेन जोन इंगलका अनुसार अहिले बचाउ तथा खोज तलाश कार्य चलिरहेको छ। जानकारीअनुसार मृत्यु हुनेमा सबै टेनेसिको ब्रेन्टउड निवासी रहेका छन्, जस्को नाम उनीहरुको परिवारसँग पुष्टि गरेर सार्वजनिक गरिएको छ। अभिनेता लाराले १९८९ मा टार्जन इन म्यान हट्टनमा टार्जनको भुमिका निर्वाह गरेर लोकप्रियता कमाएका थिए। त्यसपछि उनले टेलिभिजन सिरिज टार्जन: द एपिक एड्भन्चर्समा अभिनय गरेका थिए। उक्त सिरिजमा लाराको अभिनयको निकै प्रशंसा भएको थियो।

उनले अभिनय करिअरले उचाइ लिइरहेकै बेला संगीतमा करिअर बनाउनका लागि अभिनय छोडेका थिए। एक्सन फिल्म आर्मस्ट्रङ तथा वारहेडका लागि आज पनि दर्शकहरु उनलाई सम्झिन्छ्न। ५८ वर्षका लाराले पहिलो वैवाहिक सम्बन्ध बिग्रिएपछि २०१८ मा मात्र दोस्रो विवाह गरेका थिए। मार्सल आर्टिस्ट, गायक तथा संगीतकार समेर रहेका उनलाई सबैभन्दा बढी अभिनयले चिनाएको थियो।