किश्वर कास्टिङ काउचको शिकार


हलिउड तथा बलिउड फिल्मको दुनियाँमा कास्टिङ काउच नयाँ विशेष होइन। अभिनेत्रीहरुले बेलाबेला करिअरको क्रममा काम दिने आश्वासनले फिल्म क्षेत्रका मानिसहरुले आफूहरुमाथि विभिन्न नाजायज प्रश्ताव तथा कामका लागि विभिन्न शर्त राख्ने तथा शोषण गर्ने गरेको अनुभव सुनाइरहेका हुन्छन्।

यहीबीच, बलिउड अभिनेत्री किश्वर मर्चेन्टले पनि आफ्नो फिल्मी करिअरको यस्तै तितो अनुभव शेयर गरेकी छिन्। उनले एक मनोरञ्जन वेबसाइटलाई दिएको अन्तर्वार्तामा कास्टिध्र काउचसम्बन्धि प्रश्न सोध्दा आफुले पनि एज फिल्ममा काम गर्ने क्रममा यस्तो अवस्थाको सामना गर्नुपरेको बताएकी छिन्। ञजब म एक फिल्मको लागि मिटिङमा गएको थिएँ, ती निर्देशकले फिल्मका लागि फिल्मका हिरोका साथ रात बिताउनुपर्छ भने। मैले यो कुरा ठाडै अस्वीकार गरेँ। आफूलाई उक्त फिल्म खेल्नु छैन भनें र त्यहाँबाट निस्किएँ।

उक्त समय म मेरी आमाको साथमा गएको थिएँ उनले अन्तर्वार्तामा भनेकी छिन् ञती निर्देशक र हिरो बलिउड फिल्म क्षेत्रको ठूलो नाम थिए। कुराकानीको क्रममा किश्वरले फिल्म क्षेत्रमा यस्ता घटना धेरै हुने गरेको र निर्देशक तथा अभिनेताको यस्तो नियतले फिल्म क्षेत्र बदनाम हुने गरेको बताएकी छिन्। हाल गर्भवती रहेकी ४० वर्षीया किश्वरले आफुलाई सुहाउँदो भूमिका भएमा आफू यस्तो अवस्थामा पनि सेटमा फर्किन तयार रहेको बताएकी छिन्।