बेलायतबाट भिडियोमा आयो माया


गीतकार तारा लिम्बूको नयाँ गीत ‘आधा लैजाऊ तिमी माया’ म्युजिक भिडियोसहित सार्वजनिक भएको छ। साहित्यको क्षेत्रमा लामो समयदेखि कलम चलाउँदै आएकी गीतकार लिम्बूको नयाँ गीतमा लोकप्रिय गायक राजेशपायल राईको स्वर रहेको छ। सार्वजनिक गीतमा कम्पोज तथा एरेन्ज सविन लिम्बूको रहेको छ। गीतको म्युजिक भिडियोमा अमित सुब्बा र क्रिन्चा राईले अभिनय गरेका छन्।

भिडियोको छायाँकन बेलायतका रमणीय स्थानहरुमा गरिएको छ। यसको निर्देशन कुशल श्रेष्ठले गरेका छन्। म्युजिक भिडियोमा निर्देशक श्रेष्ठकै छायाँकन र सम्पादन रहेको छ। भिडियोमा प्रेम र रोमान्सका रोमान्टिक दृश्यहरुलाई फिल्मी शैलीमा प्रस्तुत गरिएको छ। जसमा आफ्नी मायालुलाई फकाउन प्रेमीले भावी जीवनका सपनाहरु देखाएका छन्। म्युजिक भिडियोमा कोरियोग्राफी दीपिका श्रेष्ठको रहेको छ।