रेस्क्यु म्युजिक अवार्ड हुने


रेस्क्यू क्रियसनको आयोजनामा राजधानीमा रेस्क्यु म्युजिक अवार्ड हूने भएको छ। एक दशकदेखि म्यूजिक भिडियो निर्माणमा सक्रिय संस्थाले पहिलोपटक अवार्ड आयोजना गर्न लागेको हो। कोरोना संक्रमणबाट हूने कोभिड–१९ बाट सिर्जित विषम परिस्थितको अन्त्य भएपछि अवार्ड गरिने रेस्क्यू क्रियसनले जनाएको छ।

संस्थाका निर्देशक समन अधिकारीले दशकौंको म्यूजिक भिडियो निर्माणको अनूभवपछि वास्तविक स्रष्टाको उच्च कदर गर्दै विभिन्न विधामा सम्मान गर्ने हेतूले अवार्ड आयोजना गर्न लागेको बताए। ञअहिले कोभिड संक्रमण अवस्था भएकोले यस समयमा हामी यसको तयारीमा जूटेका छौँ। विश्वभरि छरिएर रहेका नेपाली गीत संगीतलाई माया गर्ने सबैलाई अवार्डमा समेट्ने प्रयास गर्नेछौ, उनले भने ।
समनका अनूसार अवार्ड यो वर्षको अन्त्यमा नेपालको एक पाँचतारे होटल र अर्को वर्ष यूरोपमा हूनेछ।

प्रारम्भिक चरणमा अवार्डमा नेपाली आधूनिक गीत, लोक दोहोरी र फिल्म गरेर १५ विधामा अवार्ड प्रदान गरिनेछ। ञसबै विधा विदेशमा बस्ने नेपालीको नाममा हूनेछ। हामी लाइफटाइम अचिभमेन्ट अवार्ड देशबाहिर रहेर नेपाली संगीतमा योगदान पूड्डयाउनेलाई दिनेछौँ समनले भने