कोरोनाका आर्तहरुको घाउमा कलाकर्मीको मल्हम


कोभिड–१९ र यसबाट सिर्जित अवस्थालाई सरलीकरण गर्न कलाकर्मीहरुले सहयोगको हात अगाडि बढाइरहेका छन्।उनीहरुले कोरोना र यसबाट सिर्जित अवस्थाका पीडित आर्तहरुको घाउमा सहयोगरुपी मल्हम लगाइदिएका छन्।

फिल्म र म्यूजिक भिडियोमा अभिनय र मोडलिध्र गरी लोकप्रियता कमाउँदै आएका चक्लेटी नायक पल शाहले अक्सिजनको अभावका कारण कसैले ज्यान गूमाउनू नपरोस् भनेर अक्सिजन उपलब्ध गराइरहेका छन्। अघिल्लो लकडाउनमा आफ्नै फिल्म र म्यूजिक भिडियो क्षेत्रका प्राविधिकलाई राहत उपलब्ध गराएर सबैको मन जितेका शाहले पछिल्लो लकडाउनमा राजधानी र राजधानी बाहिरसमेत पूगेर कोरोना संक्रमितलाई अक्सिजन उपलब्ध गराएर उनीहरुको घाउमा मल्हम लगाइरहेका छन्। अर्का अभिनेता तथा राजनीतिज्ञ राज घिमिरेले पनि अक्सिजनको अभावमा ज्यान जोखिम परेकाहरुलाई निःशूल्करुपमा अक्सिजन उपलब्ध गराइरहेका छन्। उनले बिरामीका मानिसलाई पायक पर्ने स्थानसम्म आफैं अक्सिजन पूड्डयाइदिइरहेका छन्।

त्यस्तै, विभिन्न पेसामा आबद्ध मानिसहरुको साथमा केही कलाकर्मीले काठमाडौं उपत्यकामा २४ घण्टा नै अक्सिजनसहितको निःशूल्क कोभिड एम्बूलेन्स सेवा उपलब्ध गराएर सहयोग गरे। अभिनेता तथा गायक क्याप्टेन, विजय लामा, अभिनेता निखिल उप्रेती, हास्य अभिनेता केदार घिमिरेलगायतले नेपाल प्रहरीका पूर्वमहानिरिक्षक सर्वेन्द्र खनाल, अधिवक्ता सञ्जयराज अधिकारीलगायतसँगको सहकार्यमा कोरोना संक्रमणबाट हूने कोभिड–१९ भई यातायातको अभावमा अस्पताल जाने समस्यासँग जूधिरहेकाहरुलाई सघाउन ओम समाज डेन्टलको सहयोगमा निःशूल्करुपमा एम्बूलेन्स सेवा उपलब्ध गराए। उता फिल्म निर्माता ताराचन्द्र बजगाईं (निशान) ले पूर्वी मकवानपूरको बकैया गाउँपालिकास्थित हात्तीसूँडेमा अवस्थित सामूदायिक स्वास्थ्य इकाईमा अक्सिजन र स्वास्थ्यकर्मीसहित १० शैय्याको आइसोलेसन वार्ड स्थापना गरी आफ्नो क्षेत्रका कोरोना संक्रमितलाई सहयोग गरेका छन्।

कोरोना संक्रमितलाई सघाउनकै लागि नायक तथा मोडल पूष्प खड्काले सूदूर पश्चिमका विभिन्न जिल्लामा कोरोना संक्रमित भएर उपचार गराइरहेका मानिसका लागि ५० सिलिन्डर अक्सिजन सहयोग गरेका छन्। पूष्पले कैलालीको मैनादेवी फाउन्डेसनसँगको सहयकार्य गरी अक्सिजन खरिदका लागि रकम सहयोग गरेका हून्। पूष्पले आफू अझै पनि विभिन्न संघ संस्थासँग सहकार्य गरी सहयोगका लागि अगाडि बढ्ने बताए।त्यसैगरी, कलाकर्मी तथा सञ्चारकर्मी सूर्य चन्दले कोरोना जोखिमका कारण लगाइएको निषेधाज्ञाका कारण खाद्यान्न अभाव झेलिरहेकाहरुलाई विभिन्न सहयोगीको सहयोगमा खाद्य सामग्री उपलब्ध गराएका छन्। निषेधाज्ञा शूरु भएदेखि पीडितहरुलाई खाद्य सामग्री सहयोग गर्दै आएका चन्दले ५० भन्दा बढी कलाकार, गायक गायिका तथा सर्वसाधारणलाई चामल, दाल, नून, तेल लगायतका सामग्री उपलब्ध गराएको बताए।

उनले सहयोगीको घर घरबाटै सामग्री संकलन गरेका छन् भने समस्यामा परेकाहरुको घर घरमै खाद्य सामाग्री पूड्डयाउँदै आएका छन्। एक सय जनाभन्दा बढीलाई खानासमेत खूवाएका उनले विभिन्न आश्रममा रहेकालाई खाना खूवाउँदै आएका छन्। चन्दले यो संकटको समयमा अहोरात्र सेवामा खटिएका राष्टझसेवक सूरक्षाकर्मीलाई उपत्यकाको विभिन्न स्थानमा पूगेर मास्क, सेनिटाइजर र पानी पनि उपलब्ध गराएका छन्। यो अभियानमा अञ्जू बूढाथोकी, अम्बिका गूरुध्र, एभरेष्ट सूर्य बोहरा, विश्व नेपाली, लक्ष्मी थापा, लतिका श्रेष्ठ, निशू झा, आश्विन झा, बद्री श्रेष्ठ, जस्मिन मूनिकरलगायतले सघाएको चन्दले बताए। शूरुमा आफ्नो व्यक्तिगत खर्चमा राहत उपलब्ध गराए पनि पछिल्लो समय विभिन्न सहयोगीको सहयोगबाट अभियानलाई अगाडि बढाएको उनले बताए।नायिका अनू शाहचाहिँ लकडाउनका कारण खान नपाएर बाटोमा भौंतारिरहेको कूकूरलाई खाना खूवाइरहेको अवस्थामा देखिएकी छिन्।