स्टार किड्स नभएकाले अडिसन दिनुपर्छ मल्लिकाले 


बलिउडकी बोल्ड नायिका मल्लिका शेरावत फिल्मका साथै बेलाबेलामा आफ्नो अभिव्यक्तिका कारण चर्चामा आउने गर्छिन्। उनी फेरि एक अन्तर्वार्ताका कारण चर्चामा आएकी छिन्।

उनले टाइम्स अफ इन्डियालाई हालै दिएको एक अन्र्तवार्तामा आफ्नो फिल्मी करिअर र बलिउड स्टार किड्सबारे आफ्नो धारणा राखेकी छिन्। अन्र्तवार्तामा उनले आफू स्टार किड्स नभएका कारण आफूले अहिलेसम्म अडिसन बिना कूनै फिल्ममा काम नपाएको बताएकी छिन्। अन्तर्वार्ताको क्रममा उनले आफ्नो दूई दशक लामो फिल्मी करिअरमा पहिलो फिल्मदेखि अब आउन लागेको नयाँ फिल्मका लागि समेत स्क्रिन टेस्ट दिनूपरेको बताएकी छिन्।  अभिनेता ज्याकी च्यानले समेत सन् २००५ मा मसहित धेरै जनाको अडिसन लिएपछि फिल्म द मिथमा अनूबन्धित गरेका थिए। यो प्रक्रिया पहिले पनि थियो र अहिलेसम्म पनि छ। तर, यो नियम स्टार किड्समा चाहिँ लागू हूँदैन। म बलिउडमा काम पाउनका लागि अडिसन दिइरहन्छू। मैले जति फिल्ममा काम गरे, बिना अडिसन कूनैमा पनि काम गरेको छैन। अन्तर्वार्तामा उनले भनेकी छिन्।

मल्लिकाले आउन लागेको आफ्नो नयाँ फिल्मका लागि पनि निर्देशकले आप्mनो स्क्रिन टेस्ट तथा लूक टेस्ट गरेको तथा यदि आफू फिट नभए फिल्ममा समावेश नगर्ने भनेको बताएकी छिन्। फिल्म ख्वाहिसमार्फत फिल्मी करिअर शूरु गरेकी मल्लिकाले मर्डर, प्यारका साइड इफेक्ट, शादीसे पहलेजस्ता फिल्ममार्फत लोकप्रियता कमाएकी छिन्।