चेतन कार्कीको अन्तिम गीत मर्न दिँदैन माया


ख्यातिप्राप्त गीतकार, साहित्यकार तथा फिल्म लेखक एवं निर्देशक चेतन कार्कीद्वारा रचित अन्तिम गीत मर्न दि“दैन माया म्यूजिक भिडियोसहित सार्वजनिक गरिएको छ।

संगीतकार तथा गायक नारायण ओलीको स्वर रहेको गीतको म्यूजिक भिडियो गीतकार कार्कीकै परिकल्पनामा तयार पारिएको ओलीलै जानकारी गराए। म्यूजिक भिडियोमा समाजको वास्तविक घटना प्रस्तूत गरिएको छ। यसको म्यूजिक भिडियोमा मोडल मनोज ओली र रश्मी श्रेष्ठले अभिनय गरेकी छन्। डम्बर राईको छायांकन रहेको म्यूजिक भिडियोको निर्देशन चाँदनी शाहीले गरेकी छिन्। म्यूजिक भिडियो म्यूजिक नेपालको यूट्यूब च्यानलमा सार्वजनिक गरिएको हो।

तपाईंले गन्ती गरेअनूसार एक वर्षमा हाम्रो ६७ वटा गीत भयो भनेको झल्झली याद आउँछ। त्यसमध्ये १८ वटा जति आउने क्रममा थिए। धेरै मलाई गाउन भन्नूभयो, केही फरक स्वरमा थिए। सबै गीतहरु मद्वारा नै संगीतबद्ध भएकोले कूनलाई तपाईंको अन्तिम गीत भनौं भन्ने अलमलमा छू।

त्यसै मध्यको छायांकन भएको यो गीतलाई नै अन्तिम मानी यो दूःखद घडीमा सबै गीत संगीत साहित्य अनूरागीहरुको माझ सम्झनास्वरुप राखेको छूु गायक तथा संगीतकार ओलीले फेसबूकमा कार्कीको सम्झना गर्दै लेखेका छन् ञअन्य स्टूडियोमा तयार भएका गीतहरु देहरादूनबाट आएपछि सून्ने अनि अरु नयाँ गर्दै जाने भन्ने तपाईंको विचारमा दैवको तगारो लाग्यो। तर, सिर्जना भनेको स्रोताको लागि नै भएको हूनाले मेरो तर्फबाट तनमनले भ्याएसम्म पूड्डयाउने कोशिस गर्नेछू। यो जूनिमा अधूरा रहेका कामहरु अर्को जूनी यदि पाइने भए सँगै मिलेर पूरा गरौँला।