बलिउड अभिनेत्री लकडाउनले अवार्ड बेच्न बाध्य


बढ्दो कोभिड महामारी नियन्त्रणका लागि हाल भारतमा जारी लकडाउनका कारण मानिसहरू आर्थिक रूपमा समस्यामा पर्दै आएका छन्। लकडाउन लामो समयसम्म लम्बिँदै गएपछि सामान्य मानिस मात्र नभई कला जगतका व्यक्तिलाई समेत जीवन गुजारा गर्न समस्या परिरहेको छ।

कमेडी भूमिकाका लागि दक्षिण भारतीय फिल्म उद्योगकी चर्चित अभिनेत्री पावला श्यामलाले लकडाउनका कारण फिल्मको काम बन्द भएपछि आफूले भोग्नुपरेको आर्थिक समस्याबारे एक अन्तरवार्तामा बताएकी छिन्। उनले लकडाउनका कारण आफूले फिल्ममा काम नपाएपछि सामान्य रोजिरोटीका लागिसमेत पैसा नभएका कारण आप्mनो अवार्डसमेत बेचेको बताएकी छिन्। २ सय ५० भन्दा बढी फिल्ममार्फत दर्शकलाई मनोरञ्जन दिँदै आएकी पावलाले अन्र्तवार्तामा लकडाउनका कारण आम्दानीको सबै बाटो बन्द भएकाले घर खर्चसमेत धान्न मुस्किल भएपछि आफूले जीवनभर मेहनत गरेर जितेको अवार्डसमेत बेच्न बाध्य भएको बताएकी छिन् ।

‘मैले गरिबी देखेको थिएँ, तर यहाँसम्मको गरिबी पहिलो चोटि भोग्दै छु। मलाई यो गरिबीदेखि डर लागिरहेको छ। मेरी छोरी खुट्टामा लागेको चोटका कारण केही समययता ओछ्यानमा थला परेकी छिन्। उनी टिबी रोगबाट पनि पीडित भएका कारण हरेक महिना उनको लागि औषधि खर्च दश हजार लाग्ने गर्छ। मेरो काम पनि बन्द भएको कारण खर्च धान्नका लागि कुनै उपाय नरहेपछि मैले अवार्डसमेत बेच्नुपर्ने स्थिति आयो’ उनले अन्र्तवार्तामा भनेकी छिन्। अन्र्तवार्तामा उनले तेलंगाना सरकारले वृद्ववृद्वाका लागि दिइरहेको पेन्सन पनि पछिल्लो ६ महिनायता रोकिएकोले संकटको बेला सरकारले समेत साथ नदिएको बताएकी छिन्। उनको यो अन्तर्वार्ता बाहिरिएपछि कलाकारहरू उनको मद्दतमा जुट्न थालेका छन् भने केही कलाकाबाट उनले सहयोग प्राप्त गरेकी छिन्।