कोरोना महामारीसँग जुधिरहेको भारतले कोरोनाका कारण निकै कठिन परिस्थिति झेल्नु परिरहेको छ। संक्रमितलाई आवस्यक औषधि, अस्पताल शैय्या तथा अक्सिजन अभावका कारण समस्या रहेको बेला भारतका प्रभावशाली व्यक्तिहरूले सक्दो सहयोग गरिरहेका छन्।
यो सूचीमा धेरै बलिउड कलाकारसमेत छन्। यसैबीच, साउथ सुपरस्टार तथा राजनीतिकर्मी रजनीकान्तले हालै कोभिड पीडितहरूको नाममा तामिलनाडु मुख्यमन्त्री कोभिड राहत कोषमा ५० लाख भारतीय रुपियाँ जम्मा गरेका छन्।
उनका प्रवक्ता रियाज अहमदले सामाजिक सञ्जालमार्फत यसको जानकारी गराएको समाचारमा उल्लेख छ। केहीले उनको यो कामको प्रशंसा गरे पनि प्रख्यात कलाकार तथा राजनीतिकर्मी रजनीकान्तको यो सहयोगप्रति धेरै मानिसहरू भने खुसी हुन सकेनन्।उनको सहयोगप्रति मानिसहरूको असन्तोष सामाजिक सञ्जालमा पोखिएको छ। रजनीकान्तका लागि उक्त रकम केही पनि नभएको र यस्तो बेला उनले दिल खोलेर सहयोग गर्नुपर्ने सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले प्रतिक्रिया दिएका छन्। ‘रजनीकान्तको लागि यो रकम एक मुठी बदाम जत्तिकै हो ।
उनले कमसेकम यो बेला एक करोड दिनुपथ्र्यो’ एक व्यक्तिले सामाजिक सञ्जालमा उनको सहयोगलाई लिएर प्रतिक्रिया व्यक्त गरको छन्। त्यस्तै, अर्का प्रयोगककर्ताले जिन्दगीभर आफूहरूबाट कमाएर हाई क्लास बनेका रजनीकान्तको हैसियत ५० लाखको हो र भनेर प्रश्न गरेका छन्। एक प्रयोगकर्ताले उनीमाथि व्यंग्य गर्दै भनेका छन् ‘कति धेरै दान गरेको?’केही दिनअघि रजनीकान्तकी छोरी सौन्दर्याले पनि आप्mनो परिवारका साथ कोभिड राहत कोषमा एक करोड भारतीय रुपियाँ जम्मा गरेकी थिइन्।
प्रतिक्रिया