आविष्कार केन्द्रलाई नाजिरको सहयोग


अभिनेता नाजिर हुसैनले राष्ट्रिय आविष्कार केन्द्र्रलाई १ लाख रुपियाँ सहयोग गरेका छन्।

महावीर पुनले सञ्चालन गरेको राष्ट्रिय आविष्कार केन्द्र यतिवेला अक्सिजन सहयोगका लागि काम गरिरहेको छ। सोही कामका लागि सहयोग मिलोस भनेर नाजिरले आविष्कार केन्द्रलाई १ लाख सहयोग गरेका हुन्। ‘हामी सबैले आफूले सकेको सहयोग गर्ने हो।

मैले मेरो तर्फबाट गरेको यो सानो सहयोगले कोही कसैको जीवन बच्नका लागि मद्दत मिल्छ भन्ने अपेक्षा गरेको छु’ नाजिरको भनाइ छ।