चर्चित अमेरिकी पप गायिका तथा अभिनेत्री एरियाना ग्रान्डेले विवाह गरेकी छिन्।बिलबोर्ड डट कमका अनुसार २७ वर्षीया एरियानाले प्रेमी डाल्टन गोमेजका साथ हालै विवाह गरेकी हुन्।
गत वर्षदेखि प्रेम सम्बन्धमा रहेका एरियाना तथा डाल्टनले गत डिसेम्बरमा इन्गेजमेन्ट गरेका थिए। डाल्टन पेशाले एक रियल स्टेट एजेन्ट हुन्। एरियाना तथा डाल्टनको क्यालिफोर्नियास्थित घरमा आयोजित एक निजी समारोहबीच केवल २० जना मानिसको सहभागितामा उनीहरूको विवाह सम्पन्न भएको समाचारमा जनाइएको छ।
यसअघि, एरियाना कमेडियन पिट डेविसनका साथ प्रेम सम्बन्धमा थिइन्। सन् २०१८ मा इन्गेजमेन्ट गरेका उनीहरू त्यसको ५ महिनापछि नै छुट्टिएका थिए। त्यसभन्दा अघि एरियाना —यापर म्याक मिलरका साथ प्रेम सम्बन्धमा थिइन्। सन २०१८ मा उनीहरू छुट्टिएपछि लागुऔषधको अत्याधिक प्रयोगका कारण म्याकको मृत्यु भएको थियो।











प्रतिक्रिया