वीर विक्रम-२ हिन्दी भाषामा


चर्चित निर्माता निर्देशक मिलन चाम्स पछिल्ला समयमा गतिला फिल्म दिने निर्देशकका रूपमा चिनिन्छन्। आप्mना हरेकजस्तो फिल्म भव्यताका साथ विदेशमा प्रिमियर गर्ने चाम्सले केही समययता कोरोना संक्रमणबाट हुने कोभिड—१९ का कारण आप्mना फिल्म सार्वजनिक गर्न सकेका छैनन्।

कोरोना महामारीका कारण नयाँ फिल्म रिलिज वा प्रिमियर गर्न नसके पनि चाम्सले पुरानै फिल्मबाट नेपाली फिल्मको बजार विस्तार गर्ने प्रयास गरिरहेका छन्। यसै क्रममा उनले आफूद्वारा निर्देशित हिट फिल्म वीर विक्रम—२ को विदेश व्यापारका लागि यसलाई हिन्दी भाषामा रिलिज गर्ने तयारीमा छन्। कोभिड—१९ को दोस्रो लहर आउनुअघि नै उनले यो तयारी गरेका हुन्। यसका लागि मिलनले वीर विक्रम २ लाई हिन्दी भाषामा डबिङ गराएका छन्। फिल्म हिन्दी भाषामा डब गरी तयार पार्ने क्रममा कोभिड­—१९ को दोस्रो लहर शुरू भएपछि वीर विक्रम २ भारतीय डायस्पोरामा रिलिज गर्ने उनको योजना कही समयका लागि पछाडि धकेलिएको छ। कोभिडबाट अवस्था सामान्य भएपछि त्यो प्रक्रिया अगाडि बढ्ने मिलनको भनाइ छ। ‘नेपाली फिल्मको बजार भनौ वा दर्शक बढाउन सधैं प्रयत्नशील छु र रहिरहनेछु। यसै क्रममा वीर विक्रम—२ लाई हिन्दी भाषामा तयार पारिरहेको छु। कोरोनाको प्रभाव कम भई स्थिति सामान्य भएपछि यसलाई अगाडि बढाउनेछु’ मिलन भन्छन्।

चाम्सले फिल्मको हिन्दी संस्करणको रोचक दृश्यांश सामाजिक सञ्जालमा सेयर गरेका छन्। नायक पल शाह र नायिका वर्ष सिवाकोटीको दृश्य रहेको भिडियोले सकारात्मक प्रतिक्रियासमेत पाइरहेको छ। सामाजिक सञ्जालमा यसलाई हेर्नेले स्वरांकनको चर्चा गरेका छन्। चाम्सले यसलाई ओटीटी प्लेटफर्ममा ल्याउने प्रयास गरिरहेका छन्।चाम्स गोर्खालीको विर गाथामाथि गोर्खा वरियर नामक फिल्म निर्माण गरिरहेका छन्। यो फिल्म विभिन्न संस्करणमा हुने र अन्तर्राष्ट्रिय बजारमा पु¥याइने मिलनले बताएका छन्।