गायक पवन ओली र गायिका रचना रिमालको स्वरमा बुटवल बसपार्क बोलको गीत सार्वजनिक भएको छ।गीतमा शब्द र संगीतसमेत गायक ओलीकै छ। रोमान्टिक शैलीको यो गीतमा एरेन्ज भने श्यामस्वेत रसाइलीको रहेको छ। गायक ओलीले यसअघि धानै कुट्ने ढिकी, खोलीमा पानी, माछी बस्यो, परदेशको बास, अक्षतामा दहीलगायतका गीत सार्वजनिक गरिसकेका छन्।
गीतमाथि म्युजिक भिडियो पनि बनेको छ। म्युजिक भिडियो शिव विकले निर्देशन गरेका छन्। म्युजिक भिडियोमा जीवेस गुरुङ र याङ्सु श्रेष्ठलाई फिचरिङ गरिएको छ। गीतको म्युजिक भिडियोमा उनीहरूको जोडी सुहाएको छ। अजय रेग्मीले छायांकन गरेको म्युजिक भिडियोमा पदम सुवेदीको सम्पादन रहेको छ। गीतको म्युजिक भिडियो गायक ओलीको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।
प्रतिक्रिया