निर्देशक ह्वेडेनद्वारा ग्याडेटको करियर सकाइदिने धम्की


हलिउड अभिनेत्री ग्याल ग्याडेट बेला­—बेलामा विभिन्न कारण चर्चामा रहने गर्छिन्। तर, यसपटक उनी आफूमाथि एक निर्देशकले गरेको धम्कीपूर्ण व्यवहारका बारेमा मुख खोलेर लाइमलाइटको हिस्सा बनेकी छिन्।

हालै उनले आफ्नो फिल्म जस्टिग लिगका निर्देशक जोस ह्वेडेनले आफ्नो करिअर सिध्याइदिने धम्की दिएको खुलासा गरेकी छिन्। एजेन्सीले समाचारमा जनाएअनुसार केही समयअघि जस ह्वेडेन र ग्याल ग्याडेटका बीच कामकै क्रममा असमझदारी भएपछि झडपको स्थिति भएको थियो। ग्यालले निर्देशक ह्वेडेनले आफूलाई शुटिङका क्रममा दिएको धम्कीबारे खुलासा गर्दै भनेकी छिन् ‘जोसले यदि मैले केहि गरेँ भने करिअर नै सकाइदिन्छु् भनेका थिए।’

केही समयअघि जोसले लेखेको नयाँ डाइलग ग्यालले खारेज गरेपछि उनीहरूबीचको टकराव झन् बढ्दै गएको थियो।एक अन्र्तवार्ताका क्रममा जस्टिस लिगका अभिनेता रे फिसरले पनि एक फिल्ममा काम गर्ने बेला ह्वेडेनको साथ काम गर्न मुस्किल भएको बताएका थिए।उनका अलावा हलिउडका केही कलाकारले पनि जोेसको आपत्तिजनक व्यवहारको बारेमा मुख खोलेका थिए।