बलिउड अभिनेत्री अभिलाषीको कोरोनाबाट निधन


छिछरे, बद्रिनाथकी दुल्हनिया, गुड न्युज मलालजस्ता हिन्दी फिल्मकी बलिउड अभिनेत्री अभिलाषी पाटिलको कोरोना संक्रमणका कारण निधन भएको छ।

कोरोना संक्रमणका कारण स्वास्थ्य स्थिति जटिल बन्दै गएपछि हालै उनको निधन भएको अमर उजाला अनलाइनले जनाएको छ। समाचारमा जनाइएअनुसार मराठी सिनेमाकी चर्चित अभिनेत्री अभिलाषी एक सुटिङको क्रममा बनारस गएकी थिइन्।

बनारसबाट मुम्बई फर्किएपछि उनमा कोरोना संक्रमणका केही लक्षण देखापरेको थियो। जाँच गराउदा उनमा कोरोना पोजेटिभ देखिएको थियो। अभिलाषीले ते आठ दिवस, परवास, तुझे माझा अरेन्ज म्यारीजजस्ता चर्चित मराठी फिल्ममा पनि अभिनय गरेकी थिइन्।