प्रेमध्वज प्रधान एकाध कला प्रदर्शनी अर्थात ‘स्टेज शो’ प्रतियोगितात्मक रूपमा प्रथम हुनुअगाडि नै लोकप्रियता कमाइसकेका थिए। उनले २०१५ सालतिर त्रिचन्द्र कलेजमा आइएससी पढ्दा दुर्गालाल श्रेष्ठ र भृगुराम श्रेष्ठसँग गायन कला सिकेर नेपालभाषामा गीत गाएका थिए। टोलटोलमा हुने नेपालभाषाको सांगीतिक कार्यक्रममा प्रेमध्वज प्रमुख आकर्षण हुने गर्दथे। उनले त्यति बेला गाउने नेपालभाषाका गीतहरूमा व छु गल्ली थ्व छु गल्ली, वाउँगु लप्ते, राजमति कुमति प्रमुख हुने गर्दथे। प्रेमध्वजलाई सजिलो लाग्ने नेपालभाषा र हिन्दी गीत नै थिए। नेपालभाषाको कार्यक्रम हुँदा प्रेमध्वज र योगेश वैद्यले गीत गाउँथे।
गोरेटो त्यो गाउँको
तिमी आए मेरो दिलमा
घुम्तीमा नआऊ है
माया नमार मायालु
तारा मात्र होइन तिमीलाई
पर लैजाऊ फूलहरू
हाँस्ने रहरहरू
टाढा भइगयौ तिमी
यो नानीको शिरैमा
नमान लाज यस्तरी
तिमीलाई अचेल कहाँ भेटौं
यो नेपाली शिर उचाली
रुक या नरुक
बोलुँला सुसेली हाली
प्रीतिको फूल मेरा
नफाल जिन्दगी रोई रोई
मुजुरको चाल चोरी
कति मीठो कलकले पानी
पारिदेखि जुनकिरीले
गुराँसको लाली
मुहारलाई पछ्यौरीमा लुकाई
लाग्दछ मन तिमीकहाँ आउन
कोही टाढा बसी
यसरी कोही रिसाउँदैन
गुलाबी घुम्टो उघारी देऊ
प्रतिक्रिया