कंगनाकाे ट्वीटर सस्पेन्ड


बलिउड अभिनेत्री कंगना रनावतको ट्वीटर अकाउन्ट सस्पेन्ड भएको छ। उनले भारतको पश्चिमबंगालको विधानसभा चुनावपछि भएको राजनीतिक हिंसाबारे लगातार आपत्ति जनक ट्विट गरी रहेकी थिईन् भने त्यहाँका केही भिडियो तथाफोटो पनि सार्वजनिक गरेकी थिईन्।
उनले केन्द्रीय सरकारसँग बंगालमा राष्ट्रपती शासनको माग गरेर एक ट्विट पोष्ट गर्दै अखिल भारतीय त्रिणमूल कांग्रेसलाई बंगालमा भइरहेको हिंसाको जिम्मेवार रहेको जनाउनुका साथै पश्चिम बंगालकी मूख्यमन्त्री ममता बनर्जीलाई आपत्तिजनक शब्द प्रयोग गरेर ट्वीटरको नियम विरुद्ध पोस्ट गरकाले मंगलवार उनको ट्विटर खाता बन्द भएको थियो।

उनले बंगालमा अखिल भारतीय त्रिणमुल कांग्रेसको जीत भएपछि हिसांको स्थिति सिर्जना भएको र ममताबनर्जी धर्मनिरपेक्ष नेता भएको बताएकी थिइन्।कंगनाको लगातारको ट्वीटपछि ट्वीटर प्रयोगकर्ताहरूले केही दिन यता कंगनाको ट्वीटर अकाउन्ट बन्द गरिनु पर्ने माग गर्दै आएका थिए। विभिन्न विषयमा आफ्नो मत राख्नका लागि ट्विटर खातामा निकै सक्रिय रहने कंगनाको ट्विटर बन्द भएपछि उनले भाग्यवस आफ्ना सामु आवाज उठाउनका लागि विभिन्न माध्यम भएको र आफ्नो साथ भारतीय जनताका लागि सधै भएको बताएकी छिन्। कंगनाको ट्विटर अकाउन्ट हटाइएपछि धेरै ट्विटर प्रयोगकर्ताले खुशीजाहेर गर्दै उनलाई लक्षित गरेर विभिन्न व्यंग्यात्मक तस्वीर तथा भनाइहरू सेएर गरिरहेका छन्।