इजरायलद्वारा आफ्ना नागरिकलाई सात देश जान प्रतिबन्ध


जेरुसेलम । इजरायलले आफ्ना नागरिकलाई विभिन्न सात देश जान प्रतिबन्ध लगाएको छ । ती देशमा पछिल्लो समयमा कोरोना भाइरसको न्यु भेरिएन्ट पाइएको र महामारीको खतरा निकै बढेको भन्दै आफ्ना नागरिकलाई जान प्रतिबन्ध गरेको छ ।

यसरी प्रतिबन्ध गरिएका देशहरुमा युक्रेन, इथियोपिया, ब्राजिल, दक्षिण अफ्रिका, भारत, मेक्सिको र टर्की रहेका छन् । सो प्रतिबन्ध आगामी सोमबारबाट शुरु हुने र १३ दिनसम्म रहने बताइएको छ ।