नोमाल्यान्डलाई ४ बाफ्टा अवार्ड

0
Shares

काठमाडौं । द ब्रिटिस एकेडेमी अफ फिल्म एन्ड टेलिभिजन आट्र्स (बाफ्टा अवार्ड) को ७४औं संस्करण आइतबार बेलायतको लन्डनस्थित रोयल अलबर्ट हलमा भर्चुअलरूपमा सम्पन्न भएको छ। कोरोना महामारीका कारण विजेता तथा मनोनयनमा परेका कलाकार अवार्डमा भर्चुअलरूपमा सहभागी भएका थिए। यसपटक दुई दिन चलेको अवार्ड शनिबार राति शुरु भएर आइतबार सम्पन्न भएको थियो।

यसपटक फिल्म नोमाल्यान्डले सर्वोत्कृष्ट फिल्म तथा निर्देशकको अवार्ड चुम्यो भने यही फिल्मबाट फ्रान्सिस म्याकडोरम्याडले अभिनेत्री तथा जासुआ जेम्स रिचर्डसले छायाँकारको गरी कुल ४ अवार्ड चुमे। फिल्म द फादरबाट एन्थनी हप्किन्सले सर्वोत्कृष्ट अभिनेताको अवार्ड चुमे भने यही फिल्मले एडप्टेड स्क्रिनप्लेको अवार्ड चुुम्यो। जुडास एन्ड द ब्ल्याक मसिहबाट डेनियल कल्युले सहअभिनेता, मिनारीबाट युह जुङ योनले सहअभिनेत्रीको अवार्ड चुमिन् भने ईई राइजिङस्टार अवार्ड बुक्की ब्याकरेले जितिन्।

समारोहमा ब्रिटिस फिल्म मिसिसङ योङ ओमन आउटस्ट्यान्डिङ सावित भयो भने ओरिजनल स्क्रिनप्लेको अवार्ड प्रमिसिङ यङ ओमनले, डेब्यु ब्रिटिस लेखक, निर्देशक तथा निर्माताको अवार्ड हिज हाउसबाट रेमी विक्सले जिते। अन्य भाषाको फिल्मको अवार्ड डेनिस फिल्म एनादर राउन्डले चुम्दा माई अक्टोपस टिचरले डकुमेन्ट्री, सोलले एनिमेटेड फिल्म र ओरिजनल स्कोर, रक्सले कास्टिङ, साउन्ड अफ मेटलले ध्वनि तथा सम्पादन, द आउल एन्ड द पुसी क्याटले सर्ट एनिमेसन फिल्मको, द प्रेजेन्टले सर्ट फिल्म, राइनिज ब्ल्याक बटमले कस्ट्य्म डिजाइन तथा मेकअप एन्ड हेयरको अवार्ड चुमेको छ। फिल्म टेनेडले स्पेसल भिजुअल इफेक्टको अवार्ड जित्दा म्याक, डोनाल्ड ग्रयाहम बर्ट तथा जोन पास्केलले प्रोडक्सन डिजाइनरको अवार्ड आफ्नो बनाए।