नेप्सेमा दोहोरो अंकको वृद्धि



काठमाडौं, (नेस)

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको अन्तिम कारोबार दिन बिहीबार १२ दशमलव ८८ अंकले बढेर २६३१ दशमलव ९० बिन्दुमा पुगेको छ । यस दिन २१८ वटा कम्पनीको ७४ हजार २०८ पटक १ करोड ४३ लाख ९० हजार ४४७ कित्ता शेयर ७ अर्ब २५ करोड ९ लाख रुपियाँभन्दा बढीमा कारोबार भएको छ ।

बिहीबार कारोबारमा आएका १३ वटा समूहमध्ये होटल तथा पर्यटन समूहको सबैभन्दा बढी २ दशमलव ११ प्रतिशत घटेको छ ।त्यस्तै लगानी समूह १ दशमलव शून्य ३ प्रतिशत, म्युचुअल फण्ड शून्य दशमलव २५ प्रतिशत र जीवन बीमा समूह शून्य दशमलव ३३ प्रतिशतले घटेको छ । तर, व्यापारिक समूह सबैभन्दा धेरै ८ दशमलव ६३ प्रतिशतले बढेको छ । त्यस्तै बैंकिङ समूह शून्य दशमलव ३ प्रतिशत, विकास बैंकको २ दशमलव शून्य ३ प्रतिशत, जलविद्युत् शून्य दशमलव ९८ प्रतिशत, वित्तको १ दशमलव ९६ प्रतिशत, निर्जीवन बीमा समूह शून्य दशमलव १८ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव २३ प्रतिशत, अन्यको ३ दशमलव २६ प्रतिशत र लघुवित्तको शून्य दशमलव शून्य ६ प्रतिशत परिसूचक बढेको छ ।

अपर तामाकोशीको सबैभन्दा बढी रकमको शेयर कारोबार भएको छ । उक्त कम्पनीको २९ करोड ५६ लाख रुपियाँ बराबरको शेयर कारोबार भएको हो । बजारमा साञ्जेन जलविद्युत् कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने अन्य सात वटा कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । तर, एचआईडिसिएलको शेयरमूल्य सवबैभन्दा धेरै ५ दशमलव ५३ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्