नेप्सेमा छलाङ



काठमाडौं, (नेस)  ।

प्रविधिमा आएको गडबढीका बाबजुद नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बुधबार ४३ दशमलव ३६ अंकले बढेर २६१९ दशमलव शून्य २ बिन्दुमा पुगेको छ । यस दिन अनलाइन कारोबारमा समस्या आएको थियो ।

कुल २०९ वटा कम्पनीको १ करोड १२ लाखभन्दा बढी कित्ता शेयर ६ अर्ब १६ करोड ६८ लाख रुपियाँभन्दा बढीमा कारोबार भएको थियो । जसमध्ये १११ कम्पनीको शेयरमूल्य बढेको छ भने ४९ कम्पनीको शेयरमूल्य घटेको छ भने १९ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । बुधबार एचआईडीसीएलको सबैभन्दा धेरै ३६ करोड ३७ लाख रुपियाँ शेयर कारोबार भएको छ । त्यस्तै अपर तामाकोशीको ३१ करोड ९७ लाख, नेपाल इन्फ्रास्टक्चर बैंकको ३० करोड २६ लाख, नबिल बैंकको २४ करोड ७ लाख र एनआइसी एसिया बैंकको १३ करोड ९० लाख रुपियाँको शेयर कारोबार भएको छ।

यस दिन कारोबारमा आएका १२ वटा समूहको परिसूचक बढेको छ । बुधबार महिला लघुवित्त, अजोड इन्स्योरेन्स, वोमी लघुवित्त, सानिमा जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सकोे कारोबार सर्किट लेभलमा भएको छ। समग्र परिसूचकमा उच्च अंकको वृद्धि भएका दिन पनि रैराङ हाइड्रोपावर, बोटलर्स नेपाल (तराई), युनाइटेड इदि मर्दि, हिमालयन ऊर्जा र साल्ट ट्रेडिङ कर्पोरेसनका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्