नेप्सेमा ३२ अंकको वृद्धि


नेपाल समाचारपत्र, काठमाडौं

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक मंगलबार ३२ दशमलव १५ अंकले बढेर २५७५ दशमलव ६६ बिन्दुमा पुगेको छ ।परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । यससँगै नेप्सेमा सूचीकृत कम्पनीहरूको समग्र बजार पुँजीकरण ३५ खर्ब ५७ अर्ब ११ करोड १२ लाख रुपियाँभन्दा माथि पुगेको छ ।
कुल २०९ कम्पनीको १ करोड २२ लाखभन्दा बढी कित्ता शेयर ६ अर्ब १८ करोड ५६ लाख रुपियाँभन्दा बढीको कारोबार भएकोछ ।

१३ वटै समूहको कारोबार भएको दिन दुई वटा समूहको सूचक घटेको छ । बाँकी ११ समूहको सूचक बढेको छ । घट्नेमा व्यापार समूह २९ दशमलव ७ र उत्पादन समूह शून्य दशमलव २२ अंकले ओरालो लागेको छ । बैंकिङ समूह ८ दशमलव ६८, होटल र पर्यटन समूह ११२ दशमलव ९, विकास बैंक समूह ७ दशमलव ७९, जलविद्युत् समूह ९५ दशमलव ९८, वित्त समूह २ दशलव ३३, निर्जीवन बीमा समूह ३९८ दशमलव ३२, अन्य समूह १० दशमलव ५१, लघुवित्त समूह १४९ दशमलव ६८, जीवन बीमा समूह १८६ दशमलव शून्य ८, सामूहिक लगानी कोष समूह शून्य दशमलव १८ र लगानी समूह शून्य दशमलव ३७ अंकले बढेका छन् ।मंगलबारको कारोबार रमकका आधारमा नेपाल पूर्वाधार बैंक नै अगाडि रहेको छ । सो कम्पनीको ४८ करोड रुपियाँभन्दा बढीको शेयर कारोबार भएको छ ।यस्तै निर्धन उत्थान लघुवित्तको ४३ करोड ६९ लाख, एनएलजी इन्स्योरेन्सको ३३ करोड १६ लाख, माथिल्लो तामाकोसीको २८ करोड ९७ लाख, एचआईडीसीएलको २८ करोड १६ लाख, चन्द्रागिरि हिल्सको १६ करोड २३ लाख, छिमेक लघुवित्त विकास बैंकको १५ करोड ३० लाख, नबिल बैंकको ११ करोड ९८ लाख, लुम्बिनी जनरल इन्स्योरेन्सको ११ करोड ६० लाख र आइएमई जनरल इन्स्योरेन्सको ११ करोड ४८ लाख रुपियाँभन्दा माथिको कारोबार भएको छ ।मंगलबार वोमी लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै अर्थात ९ दशमलव ९९ प्रतिशतले कमाएका छन् ।

त्यस्तै सानिमा जनरल इन्स्योरेन्सको ९ दशमलव ९७, जनरल इन्स्योरेन्सको ९ दशमलव ९४, अजोड इन्स्योरेन्सको ९ दशमलव ९२, समिट लघुवित्त वित्तीय संस्थाको ९ दशमलव ५६, स्वाभिमान लघुवित्तको ९ दशमलव ४७, प्रभु लाइफ इन्स्योरेन्सको ८ दशमलव ६१, माथिल्लो तामाकोशीको ८ दशमलव ३८, एचआईडीसीएलको ८ र आइएमई जनरल इन्स्योरेन्सको ७ दशमलव ९१ प्रतिशतले शेयर मूल्य वृद्धि भएको छ । तर, समग्र परिसूचकमा उच्च अंकको वृद्धि भए दिन पनि युनाइटेड इदी मर्दी हाइड्रोपावर, नेपाल पूर्वाधार बैंक, एनआईसी एसियाको ऋणपत्रलगायतका कम्पनीमा लगानी गर्ने लगानीकर्ताले गुमाएका छन् ।