ज्येष्ठ नागरिक संघको वाग्मती प्रदेशमा कार्यसमिति चयन

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

जेष्ठ नागरिक संघ बागमती प्रदेशको प्रथम महासभाले देवीप्रसाद देवकोटाको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा विवेन्द्रभक्त प्रधानाङ्ग, महासचिवमा रघुनाथ शर्मा, सचिवमा अमरबहादुर पण्डित र कोषाध्यक्षमा बुद्धिप्रसाद पौडेल, र उपकोषाध्यक्षमा वासुदेव लम्साल रहनुभएको छ ।

त्यस्तै सदस्यहरु डा. रमेश प्रसाद रेग्मी, रमेशकाजी श्रेष्ठ र विमला श्रेष्ठ हुनुहुन्छ । बरिष्ठ सल्लाहकारहरुमा श्रीराम प्रसाद न्यौपाने र अञ्जनीप्रसाद ढकाललाई मनोनित गरिएको छ । संघले प्रदेशस्तरमा ज्येष्ठ नागरिकहरुको हक हितका लागि विशेष कार्यक्रम सञ्चालन गरिने उपाध्यक्ष प्रधानाङ्ग बताउनुभयो ।