रिदमलाई उपाधि

0
Shares

काजी प्रोडक्सनले राजधानीमा आयोजना गरेको सौन्दर्य प्रतियोगिता मिस ग्लोबल इन्टरनेसनल नेपाल २०२१ को उपाधि रिदम घिसिङले जितेकी छन्।

घिसिङले उपाधिसँगै दुबईमा आयोजना हुने मिस ग्लोबल इन्टरनेसनल–२०२१ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाएकी छन्। प्रतियोगितामा आलोका जोशी फस्ट रनर्सअप र पलिस्था शाक्य सेकेन्ड रनर्सअप भइन्। प्रतियोगिताको कोरियोग्राफी सुमन खड्काले गरेका थिए।

सागरिका श्रेष्ठले सञ्चालन गरेको प्रतियोगितामा मिस ग्लोबल इन्टरनेसनल नेपालकी नेसनल डिरेक्टर मनिषा डंगोल श्रेष्ठ, सौन्दर्य व्यवसायी रुश्का श्रेष्ठ, मिस कोस्मोपोलिटियन २०१९ प्रिया रानी लामा, संगीतकर्मी अश्रा कुँवर, राइनो नेपाल लेदर क्राफ्ट निर्देशक एलिशा शाह र मिस्टर नेपाल २०१९ तथा मिस्टर सुपरनेसनल नेपाल २०२१ सन्तोष उपाध्याय निर्णायक रहेका थिए।