![](https://newsofnepal.com/wp-content/uploads/2021/02/Nabinko-Tinpate.jpg)
भक्तपुर, (नेस) ।
गायक नवीन कार्कीद्वारा स्वरबद्ध गीतिएल्बम नवीन सार्वजनिक भएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले राजधानीमा आयोजित एक कार्यक्रममा एल्बमको विमोचन गरे।
एल्बममा संगीतकार शक्तिबल्लभ, गुरुदेव कामत र राजनराज शिवाकाटीको कर्णप्रिय संगीत र सिद्धहस्त गीतकार स्व. रत्नशमशेर थापा, ज्ञानुवाकर पौडेल, डा. राजुबाबु श्रेष्ठ, देवेन्द्र केसी देबु, रमेश दाहाल र पुष्करराज बुढाथोकीका ओजपूर्ण शब्द रचना समेटिएका छन्।कार्यक्रममा बोल्दै मन्त्री गुरुङले सरकारले अघि सारेको सुखी नेपाली समृद्ध नेपाल अभियानलाई कसैले अल्मल्याउन नसक्ने चर्चा गर्र्दै गायक कार्कीको गायनकलामा ऊर्जा देखिएको बताए।
संगीतकार शक्तिबल्लभले भाषा संगीत बाँचेसम्म गायक कार्कीको गला र कला बाँच्ने जनाउँदै भौतिक सम्पत्ति क्षणिक भए पनि संगीतकलाको आयु अनन्त रहेको चर्चा गरे। कार्यक्रममा गायक कार्कीले गायनयात्राको बारेमा चर्चा गर्दै प्रेरणा, सहयोग र ऊर्जा प्रदान गर्ने सबैप्रति आभार प्रकट गरे।