करिनाको घरलाई प्रहरीको पहरा

0
Shares

बलिउड अभिनेता सेफ अलि खान अभिनित ताण्डव नामक वेब सिरिज विवादमा तानिएको छ। सिरिजमा हिन्दू देवी–देवताको अपमान गरिएको आरोप लगाउँदै भारतीय जनता पार्टीका केही नेताले सिरिज प्रतिबन्धित गर्नुपर्ने माग राख्दै मुद्दा दायर गरेपछि यस सिरिजमाथिको विवादले उग्र रूप लिएको छ।

यो विवादसँगै सेफ र करिनाको मुम्बईस्थित घरमा ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको छ। सेफले हालै मुम्बईस्थित आफ्नो पुरानो घरनजिकै लिएको नयाँ घरमा प्रहरी तैनाथ रहेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार सेफ मुम्बईमा नभए पनि करिना भने घरमै छिन्।

भारतीय जनता पार्टीका केही नेताले हिन्दूहरुको भावनामा आँच पु-याएको जनाई विरोधसँगै पार्टीका विधायक राम कदमले सिरिजको निर्माता निर्देशक र कलाकारमाथि कारबाहीको माग गर्दै उजुरी दर्ता गराएका थिए। त्यस्तै बीजेपीका सांसद मनोज कोटकले पनि सूचना तथा प्रशारण मन्त्री प्रकाश जाडवेकरलाई पत्र लेख्दै वेब सिरिजमाथि प्रतिबन्ध लगाउन माग गरेका छन्।