दीपिकाको सामाजिक सञ्जालबाट सबै पोस्ट गायब

0
Shares

काठमाडाैं ।

बलिउड अभिनेत्री दीपिका पादुकोणको प-यानहरूलाई सन् २०२१ को शुरुआतमै झट्का लागेको छ। दीपिकाले आप-नो सामाजिक सञ्जाल इन्स्टाग्राम, फेसबुक र ट्विटरका सबै पोस्ट डिलिट गरेकी छन्।

धेरै कलाकारको सामाजिक सञ्जाल ह्याक भएर ह्याकरले पोस्ट हटाइदि“दा चिन्तामा परेका घटना आइरहन्छन्। तर, सधैं सामाजिक सञ्जालमा सक्रिय रहेर प्-यानहरुस“ग नजिक रहने दीपिकाले जानी–जानी अचानक यस्तो कदम चालेपछि उनका प-यानहरु निरास भएका छन्। दीपिकाको इन्स्टाग्राममा साढे ५२ मिलियन फलोअर्स छन् भने ट्विटर र फेसबुकमा पनि उनको धेरै प-यान फलोइङ छ। योसँगै दीपिकाले नया“ प्रोफाइल फोटो राखेकी छिन्।

आप-नो सामाजिक सञ्जालका पोस्ट हटाइएका बारे मुख नखोलेकी दीपिकाले कुनै फिल्मको प्रोमोसनका लागि नया“ रणनीति अपनाएकी हुन सक्ने अड्कल गरिएको छ। हाल दीपिका रणवीर सिंहका साथ राजस्थानमा नया“ वर्ष मनाइरहेकी छिन्।