चिनियाँ क्रान्तिका महान् नेता माओ


माओत्सेतुङको जन्म २६ डिसेम्बर १८९३ मा र मृत्यु ९ सेप्टेम्बर १९७६ मा भएको हो । उनी चिनी क्रान्तिकारी, राजनीतिक विचारक र साम्यवादी दलका नेता हुन्, जसको नेतृत्वमा चीनको क्रान्ति सफल भएको थियो ।

उनले जनवादी गणतन्त्र चीनको स्थापना भएको साल १९४९ देखियता उनको मृत्यु भएको मिति सन् १९७६ सम्म चीनको नेतृत्व सम्हालेका हुन् । माक्र्सवादी, लेनिनवादी विचारधारालाई सैनिक रणनीतिमा जोडिएको उनको सिद्धान्तलाई माओवादको नामले जानिन्छ ।

वर्तमानमा कतिपय मुलुकमा माओ एक विवादास्पद व्यक्ति मानिए तापनि चीनमा राजकीयरूपमा महान् क्रान्तिकारी, राजनीतिक रणनीतिकार, सैनिक पुरोधा अनि देशरक्षक मानिन्छन् । धेरै चिनियाँ व्यक्तिहरूको मतअनुसार माओले आफ्ना नीति र कार्यक्रमका माध्यमले वर्तमान चीनको आर्थिक, तकनिकी एवं सांस्कृतिक विकास तथा पिछडिएको देशलाई संसारको प्रमुख शक्तिको रूपमा खडा गराउन गतिलो भूमिका निभाएका छन् । उनी कवि, दार्शनिक, दूरदर्शी महान् प्रशासकको रूपमा मानिन्छन् ।

यसको विपरीत, माओका सामाजिक तथा राजनीतिक कार्यक्रमहरू ग्रेट लिप फरवार्ड र सांस्कृतिक क्रान्तिको कारण गम्भीर अकाल सृजना भएको र चिनियाँ समाज, अर्थव्यवस्था तथा संस्कृतिलाई समेत हानि पु¥याएको कुरामा कतिपय व्यक्तिहरु विश्वास राख्छन्, जसको फलस्वरुप सन् १९४९ देखि १९७५ सम्म करोडौं मानिसको व्यापक मृत्यु भएको बताउँछन् । माओ संसारका सबैभन्दा प्रभावशाली व्यक्तिहरूमा गनिन्छन् । र, टाइम मेगाजिन पत्रिकाका अनुसार २० औं शताब्दीका १०० सबभन्दा प्रभावशाली व्यक्तिहरूमा माओ पर्छन् ।

जिन्हाई क्रान्तिको बेला माओ हुनानको स्थानीय रेजिमन्टमा भर्ती भई क्रान्तिकारीहरूको तर्फबाट लडाइँमा भाग लिए, जब कुइङ् राजवंश सत्ताच्युत भयो त्यसपछि माओ सेना छोडी पुनः विद्यालय गए । सन् १९१८ मा स्नातक बनेपछि सन् १९१९ को चार मई आन्दोलनको निम्ति आफ्ना शिक्षक अनि भविष्यका ससुरा प्राध्यापक याङ च्याङ जीसँग बेइजिङको यात्रामा गए ।

प्राध्यापक याङ च्याङ जी पेकिङ विश्वविद्यालयमा महत्वपूर्ण पदमा रहेको कारण उनको सिफारिसमा माओले सहायक पुस्तकालयाध्यक्ष पदमा रही काम गरे । माओले अंशकालिक छात्रमा पञ्जीकृत भई केही मात्रामा व्याखान र विद्वान्हरूको सेमिनारहरूमा भाग लिए । साङ्घाईमा रहँदा साम्यवादी सिद्धान्तको अध्ययनमा आफूलाई संलग्न गराए ।

लुओ यिक्सिनोसित विवाहित (बाबुले गराइदिएको विवाह जसलाई माओले कहिल्यै स्वीकारेनन्) भएर पनि उनले प्रोफेसर यांगकी छोरी तथा आफ्नी सहपाठी यांग काइहुईसित बिहे गरे । अक्टुबर १९३० मा, कुओमिन्टाङले यांग काइहुई र उसको छोरा एनिङलाई पक्राउ ग¥यो । कुओमिन्टाङले दुवैजनालाई बन्दी बनायो, पछि गएर एनिङलाई उसका आफन्तकहाँ पठायो तर उसकी आमालाई भनें मारिदियो । त्यस बेला माओ उनकी सहकर्मी १७ वर्षीया केटी ही जिझेन्सित बस्थे, भाषा कौशलतामा कमजोर भएकाले जियाङ सम्प्रदायसित बसे तापनि उनले मन्दारिन चिनियाँ भाषा सिक्न सकेनन् । उनले फ्रान्समा अध्ययन गर्ने अवसरलाई पनि अस्वीकार गरे ।

२३ जुलाई १९२१ का दिन माओले २७ वर्षको उमेरमा साङ्घाईमा चीनको कम्युनिस्ट पार्टीको राष्ट्रिय कंग्रेसमा भाग लिए । दुई वर्षपछि, उनी पार्टीको तेस्रो कंग्रेस अधिवेशनमा पाँच कमिसारमध्येमा एक प्रतिनिधिको रूपमा छानिए । सोही साल केन्द्रीय समितिको आदेशमा माओ हुनान कुओमिन्टाङ शाखा सञ्चालन गर्नका निम्ति हुनान फिरे । सन् १९२४ मा उनी कुओमिन्टाङको राष्ट्रिय अधिवेशनका प्रतिनिधि बने, जहाँ उनी केन्द्रीय समितिका अतिरिक्त प्रमुख छानिएका थिए ।
– विनय पोखरेल, कलंकी ।