तमु ल्होसारलाई शुभकामना गीत



गुरुङ समुदायको महान् पर्व तमु ल्होसारको अवसरमा यानखो ङोल्स्यो बोलको शुभकामना गीत सार्वजनिक गरिएको छ।
पुस १५ अर्थात् ल्होसारको खुसियाली आदान–प्रदान गर्ने उक्त गीतमा गायक तथा संगीतकार पवन राना, तारा श्रीश र शिशिर गुरुङको स्वर रहेको छ। गीतको म्युजिक भिडियो गायक पवन राना युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ। गुरुङ फिल्मका नायक आनन्द गुरुङ र आधा दर्जन बढी भिडियोमा अभिनय गरिसकेकी मोडल कुसुम गुरुङको अभिनय रहेको भिडियोमा गुरुङ संस्कृतिका विभिन्न संस्कार देखाइएको छ।
पर्यटकीयस्थल गोर्खाको सिरानचोकमा छायांकन गरिएको म्युजिक भिडियोको निर्देशन दीप कोके गुरुड्डले गरेका छन् भने छायांकन मधुर बस्नेतको रहेको छ। मनराज गुरुङको शब्द संगीत रहेको गीतको संगीत संयोजन विलन थापाले गरेका छन्। यो गीतका गायक पवन रानाको ए साइँली कौडा गीतमा हाल देशव्यापी भिडियो प्रतिस्पर्धा पनि भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्