ऋतिक र कंगनाको मुद्दा साइबरबाट अपराधमा

0
Shares

बलिउड अभिनेता ऋतिक रोशनले चार वर्षअघि दर्ता गरेको अभिनेत्री कंगना रनौतसँग जोडिएको एक मुद्दा साइबर सेलबाट अपराध शाखामा स्थानान्तरण भएको छ। यससँगै यो पुरानो मामला फेरि चर्चामा आएको छ।

सन् २०१६ मा ऋतिकले एक अञ्जान व्यक्तिले आफ्नो नामबाट इमेल आईडी बनाएर कंगनासँग कथित तरिकाले कुराकानी गरेको भन्दै बान्द्रा कुर्ला कम्लेक्सको साइबर प्रहरी थानामा उजुरी दर्ता गरेका थिए। अमेरिकाको उक्त इमेल आईडीबारे प्रहरीले कुनै पनि तथ्य फेला पार्न सकेको थिएन। साथै ऋतिकले सन् २०१३ र २०१४ बीच कंगनाको इमेल आईडीबाट आफूलाई एक सयभन्दा बढी इमेल प्राप्त भएको बताएका थिए। यस बारेमा कंगनाले भने ऋतिकले नै कंगनाको इमेल आईडीबाट आफैंलाई इमेल पठाउने गरेको बताएकी थिइन्।

यसबारेमा कंगनाले प्रतिक्रिया जनाउँदै ट्विटरमा लेखेकी छिन्– ‘उसको कहानी फेरि शुरु भएको छ। हाम्रो ब्रेकअप र उसको सम्बन्ध विच्छेदको यत्रो समय बितिसकेको छ। तर, ऊ अझै पनि यसबाट बाहिर निस्कन अस्वीकार गरिरहेको छ भने कुनै पनि महिलालाई डेट गर्न मानिरहेको छैन। बस जब म आफ्नो व्यक्तिगत जीवनमा रमाउन कोशिस गर्छ, ऊ नाटक शुरु गरिहाल्छ। एउटा छोटो अफेयरका लागि ऋतिक रोशन कहिलेसम्म रोइरहन्छ?’ ऋतिक र कंगनाबीचको विवाद नयाँ भने होइन। कृष–३ र काइट्स जस्ता फिल्ममा सँगै काम गरेका उनीहरुले एक–अर्कालाई यसभन्दा अघि नै कानुनी नोटिस पठाइसकेका छन्। कंगनाले बेला–बेलामा ऋतिकसँग आप्mनो प्रेम सम्बन्ध रहेको र विवाहको समेत कुरा चलेको बताउँदै आएकी छिन् भने ऋतिक यस कुरालाई अस्वीकार गर्दै आएका छन्।