तिम्रो प्रेरणाले विमोचित

0
Shares

भक्तपुर, (नेस) ।

नेपाल सरकारका सचिव सुरेश आचार्य अर्थात् गीतकार सियरा आचार्यद्वारा रचित गीति एल्बम तिम्रो प्रेरणाले सार्वजनिक भएको छ।

मंगलबार राष्ट्रिय नाचघर जमलमा आयोजित एक कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले एल्बमको विमोचन गरे। कार्यक्रममा संस्कृति पुरुष सत्यमोहन जोशीद्वारा प्रेषित गीतकार आचार्यको गीतियात्राको सफलताको शुभकामना सन्देश पढेर सुनाइएको थियो। गीतकार आचार्यले गीत लेखनको परिस्थितिको बारेमा चर्चा गर्दै आफ्नो लेखनमा प्रेरणा, सहयोग र ऊर्जा प्रदान गर्ने सबैप्रति आभार प्रकट गरे। उनले एल्बमको विमोचन आफ्ना पिताको हातबाट गर्ने इच्छा रहे पनि पिताको आकस्मिक निधनले त्यो इच्छा पूरा हुन नसकेको बताए। विमोचन कार्यक्रमका अवसरमा गीत तथा म्युजिक भिडियोसमेत प्रस्तुत गरिएको थियो। किरण क्रियसनले बजारमा प्रस्तुत गरेको एल्बम तिम्रो प्रेरणालेमा समेटिएका गीतमा विभिन्न चर्चित गायक–गायिकाको स्वर र संगीतकारको संगीत सुन्न पाइन्छ।