हिराको झुम्का हराउँदा जुही तनावमा

0
Shares

बलिउड अभिनेत्री जुही चावला आफ्नो हिराको झुम्का हराएपछि तनावमा छिन्। जुहीले हिराको झुम्का हराएको भन्दै ट्विटरमा एक पोस्ट शेयर गरेकी छिन्, जसमा उनले मानिसहरुलाई आफ्नो मद्दत गर्न अपिल गरेकी छन्।

जुहिले आफ्नो हिराको झुम्का भेटेर फिर्ता गर्ने व्यक्तिलाई उचित इनाम दिने घोषणा समेत गरेकी छिन्। उनले ट्विटरमा लेखेकी छिन्– ‘आज दिउँसो मुम्बई इन्टरनेसनल एअरपोर्टमा गेट नम्बर ८ बाट गइरहेको थिएँ। यहीबीच सेक्युरिटी चेक गर्दा मेरो हिराको झुम्का कतै खसेर हरायो। यदि तपाईंहरुले खोजेर मलाई फिर्ता दिनुभयो भने म धेरै खुसी हुनेछु। तपाईंले प्रहरीलाई खबर गर्नुहोस्, म तपाइँलाई इनाम दिनेछु।’

उनले आफ्नो झुम्काको फोटो शेयर गर्दै लेखेकी छिन्– ‘यो मेरो म्याचिङ सेट हो। म यसलाई १५ वर्षदेखि लगाउँदै आइरहेको छु। कृपया यसलाई खोज्न मेरो मद्दत गर्नुहोला। आफ्नो सुन्दरता र अभिनयले धेरैको मन जितेकी जुही ५० वर्षको उमेरमा पनि उत्तिकै सुन्दर देखिन्छिन्।