म छु विदेशमा सार्वजनिक

0
Shares

गायक प्रमोद खरेलको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ।

उनको म छु विदेशमा बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक भएको हो। गीतको म्युजिक भिडियोमा गौरव पहारी र सृष्टि खड्का फिचर्ड छन्। सार्वजनिक गीतमा सरोज पोखरेलको संगीत र अम्बिका गुरुङको शब्द रहेको छ। गीतलाई एरेन्ज भने उदयराज पौडेलले गरेका हुन्। निशान कश्यपले निर्देशन र सम्पादन गरेको म्युजिक भिडियोमा परदेशीको जोडीको प्रेमकथा देखाइएको छ। म्युजिक भिडियोमा ज्ञानेन्द्र शर्माको छायांकन रहेको छ।