इरानी स्टारलाई १० वर्षको सजाय

0
Shares

चर्चित इरानी स्टार शहर ताबरलाई अदालतले १० वर्षको जेल सजाय सुनाएको छ।

उनी हलिउडकी चर्चित अभिनेत्री एन्जेलिना जोली जस्तो देखिने चक्करमा ५० पटक आप्mनो अनुहारको प्लास्टिक सर्जरी गरेर चर्चामा आएकी थिइन्। ताबर सामाजिक सञ्जालमा आफ्नो गलत तस्वीर साझा गरेको आरोपमा गत अक्टुबरमा पक्राउ परेकी थिइन्। अब उनको वकिलले शहरलाई दश वर्षको सजाय हुने जानकारी दिएका छन्। इरानमा इन्स्टाग्रामबाहेक अन्य सामाजिक सञ्जाल चलाउन पाइँदैन।

एन्जेलिना जस्तो देखिने चक्करमा ५० पटक प्लास्टिक सर्जरी गराएर अनुहार बिगारेकी शहर निकै डरलाग्दो देखिन्छिन्। आफ्नो डरलाग्दो फोटो इन्स्टाग्रामना हाल्न थालेदेखि नै इरानमा उनका विरुद्ध विरोध भइरहेको थियो। पछिल्लोपटक उनलाई ठगी गरेको आरोपसमेत लागेको थियो।