अञ्जुको स्वरमा छोरीको मोडलिङ

0
Shares

गायिका अञ्जु पन्तले पहिलोपटक संगीत दिएको धेरै माया नदेऊ मलाई बोलको गीत सार्वजनिक गरिएको छ। पन्तकै स्वरमा रहेको गीत गीतकार सुरेश वाग्लेले रचना गरेका हुन्।

गीतको म्युजिक भिडियो पनि तया पारिएको छ। म्युजिक भिडियोमा गायिका पन्तकी छोरी परितोषिका पन्तको डेब्यु अभिनय रहेको छ। परितोषिकाका साथमा देखिएका छन्, मोडेल कुन्साङ बोम्जन। १० वर्षअघि रचित प्रेमिल शब्दले भरिएको गीत निकै उत्कृष्ट बनेको

गायिका पन्त बताउँछिन्। आफ्नो सांगीतिक करियरमा यो गीत निकै विशेष र उत्कृष्ट बनेको गायिका पन्तको भनाइ छ। ‘यो गजल भए पनि आधुनिक किसिमले पहिलो प्रयासस्वरूप मैले संगीत भर्ने प्रयास गरेकी छु, सँगै छोरी परितोषिकाले पनि यो गीत धेरै मन पराएर यही गीतमार्फत अभिनय यात्रा प्रारम्भ गरेकी छिन्। त्यसैले पनि यो केही विशेष छु।’ –अञ्जु भन्छिन्।

गीतको म्युजिक भिडियो निकेश खड्काले निर्देशन गरेका छन्। फिल्म तथा थुप्रै म्युजिक भिडियोमार्फत आफ्नो कामको अब्बलता प्रस्तुत गर्दै आएका खड्काले पहिले जस्तै गायिका पन्त र छोरी परितोषिका पन्तस“गको कामलाई पनि दर्शक तथा स्रोताले मन पराइदिने विश्वास व्यक्त गरे।

नयाँ प्रतिभाका रूपमा अभिनय यात्रा प्रारम्भ गरेकी परितोषिकाले आफूलाई अञ्जुको अरू गीतमा समेत अभिनयको अफर आए पनि यो गीत निकै मन परेका कारणले यसमा काम गरेको बताइन्।