आधा लभ स्टोरी

0
Shares

कोभिड–१९ का कारण लागू गरिएको लकडाउनले आम मानिसमा पारेको नकारात्मक असरका बारेमा सर्ट फिल्म आधा लभ स्टोरी निर्माण गरिएको छ। धरानमा छायांकन गरिएको फिल्मको कथा, पटकथा, छायांकन, सम्पादन र निर्देशन प्रशान्त तामाङले गरेका छन्।

फिल्ममा सैव श्रेष्ठ, पवित्र शंकर, अनिता राई, रुपेन परियार, विशाल भण्डारी, विशाल श्रेष्ठ, विमस पौडेल, प्रिया कार्की, याशिन राई, अनुश्का आसमी, विद्या चौहान, आस्था आसमी, पवन तामाङ, राहुल ठाकुर, अविरल मगर, रिया सेन्चुरी र निकिता धमलाले अभिनय गरेका छन्।
निर्देशक तामाङले लकडाउनको बेला धेरै मान्छे निरासाका कारण आत्महत्या र अन्य गलत बाटोमा लागेकाले फिल्मको माध्यमबाट युवापिढीलाई सही मार्गमा ल्याउन र उनीहरुलाई क्रियाशील बनाउन फिल्म निर्माण गरिएको बताए।