भारतीय अभिनेत्रीको संकास्पद मृत्यु

0
Shares

भारतीय अभिनेत्री आर्या बनर्जीको शंकास्पद मृत्यु भएको छ। जागरण दैनिकको अनलाइन संस्करणका अनुसार शुक्रबार दक्षिण कोलकाताको जोधपुर पार्कस्थित आफ्नो फ्ल्याटमा रगतले लतपतिएको अवस्थामा अभिनेत्रीको शव फेला परेको थियो।

उनको महिला सहयोगी फ्ल्याटमा काम गर्न गएकी थिइन् । सो बेला कयौंपटक फोन गर्दासमेत ढोका नखुलेपश्चात् शंका लागेर प्रहरीलाई खबर गरेपछि घटना बाहिर आएको थियो। कोठामा भित्रबाट चुकुल लगाइएका कारण प्रहरीले ढोका फोडेर भित्र पस्दा अभिनेत्रीको शव एक खाटमा पल्टिरहेको अवस्थामा पाइएको समाचारमा उल्लेख छ। उनको शंकास्पद मृत्युका कारण पत्ता लगाउन प्रहरी लागिपरेको समाचारमा जनाइएको छ। लभ सेक्स और धोखा, डर्टी पिक्चरजस्ता फिल्ममा काम गरेकी आर्या सामाजिक सञ्जालमा निकै सक्रिय रहने गर्थिन्। उनको असली नाम देवदत्ता बनर्जी हो। उनी भारतको प्रसिद्ध सितारवादक पण्डित निखिल बनर्जीकी छोरी हुन्।