वासिंगटन (एजेन्सी)
विगत कयौं दिन देखि अमेरिका र विश्वका फरक फरक हिस्सामा देखिएको धातुको खम्बाका रहस्य झन गहिरिएको छ । एक पछि अर्को सहर तथा मरुभुमीमा देखिएका ती खम्बा अहिले आकासमा देखिएको बताइएको छ ।
अमेरिकाको आइडाहोका जेफ जेकब गाडीबाट घर गइरहँदा उनले उक्त खम्बा हावामा देखेको बताइएको छ । उनले सामाजिक सन्जालमा तस्विर सेयर गरेपछि मानिसहरुले सन् २०२० मा अब एलियन्सको उपस्थितिमा पनि अचम्भित नुहने प्रतिक्रिया दिइरहेका छन् ।
जेकबको क्यामरामा कैद तस्विरमा कालो रंगको एक ठोस ढांचा हावामा देखिन्छ । यो के थियो भन्ने ठम्याउन नसकेपछि उनले सामाजिक सन्जालमा त्यसको तस्विर सेयर गरेका हुन् ।
केही युजर्सले कमेन्टमा सम्भवत युटाहबाट खम्बा कुनै नयाँ स्थानमा गइरहेको हुन सक्ने लेखेका छन् । जेफले भने, अचानक उक्त संरचना देखिन थाल्यो । यो आकासमा केही समयका लागि मात्रै रह्यो र फेरी गायब भयो ।
जेकबले भने, केहीले यो युटाहको खम्बा हुन सक्ने र यो त्यही आकारको भएको बताएका छन् । युटाह र आइडाहो धेरै दुरीमा छैन र दुबै राज्य जोडिएका छन् ।
अर्कोले भनेका छन्, यसलाई कसैले तलबाट समातेको जस्तो देखिन्छ ।
जेकबले आफु धार्मिक नभएकोले धेरै अनुमान गर्न नचाहेको बताए । यो कुनै मौसम बेलुन नभएको उनले दावी गरे । तर केहीले उक्त तस्विर कुनै परावर्तनको पनि हुन सक्ने अनुमान गरेका छन् ।
यसबीच न्यु मेक्सिकोको अत्यन्त चर्चित कलाकार तथा कला संकलकले युटाह र क्यालिफोर्नियामा देखिएका खम्बा उसले लगाएको दावी गरेका छन् ।
आफ्नो इन्स्टाग्राम पेजमा तीन तस्विर सेयर गरिएका छन् जसमा दुई उनले बनाएका खम्बाका हुन् र एक क्यालिफोर्नियामा प्राप्त भएको खम्बाको हो । टीएमएफएले खम्बा आफुले लगाएको बताउँदै वेबसाइटमा खम्बा ४५ हजार डलरमा बेच्न लागेको उल्लेख गरेको छ ।
प्रतिक्रिया