आज देशभर थपिए १०२४ जना कोरोना संक्रमित

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

आज थप १०२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार देशभरका ६०७४ नमुना परीक्षण गर्दा ४०२ महिला र ६२२ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हालसम्म कोरोना संक्रमितको २ लाख ३९ हजार ८८५ पुगेको छ । यस्तै २ लाख २४ हजार ५३ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् भने १५७७ जनाको मृत्यु भएको छ ।