सशस्त्र प्रहरी महानिरीक्षक खनालद्वारा नेपाल एपीएफ स्कुल कोहलपुरको उद्घाटन

0
Shares

न्युज अफ नेपाल, बांके ।

कोहलपुरमा स्थापना भएको नेपाल एपीएफ स्कुल बांकेको सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले बिहीबार एक कार्यक्रमकाबीच उद्घाटन गर्नुभएको छ । सशस्त्र प्रहरी बलले सातै प्रदेशमा आफ्नो मातहत अन्र्तगत बिद्यालय स्थापना गर्ने उदेश्यले कोहलपुरको बांकेमा क्षेत्रीय स्कुल संचालनमा ल्याएको हो ।

महानिरीक्षक खनालले शिक्षा नै समाज बिकासको प्रमुख आधार भएकाले संगठनले सोही अनुरुप बाँकेको कोहलपुरमा स्कुल संचालनमा ल्याएको बताउनुभयो । उहाँले ज्ञान प्राप्तको पहिलो खुट्किलोको रुपमा रहेको बिद्यालयलाई उदेश्यमुखी बनाउनुपर्नेमा जोड दिनुभयो ।

राष्ट्र सेवामा खटिएको सशस्त्र प्रहरी बलले सीमा सुरक्षा मात्र होईन संगठनमा आवद्ध भएका संन्ततीको उज्वल भविष्यको लागि स्कुल संचालनमा ल्याएको समेत बताउनुभयो । उहाँले आफ्नो ब्यक्तिगत स्वार्थ भन्दा माथि उठेर राष्ट्र सेवामा उदाहरणीय काम गर्न सकेमात्रै संगठनको साख रहने भएकाले सबै राष्ट्र सेवक एक भएर अगाडि बढ्न समेत निर्देशन दिनुभयो ।

छाङरु देखि ओलाङेहचुङगोला सम्म संगठनको उपस्थिती रहेको बताउदै सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणमा समेत संगठनले सफलता पाउदै गएकयलो सशस्त्र प्रहरी महानिरीक्षक खनालले बताउनुभयो । अभिभावकले पनि आफ्ना छोराछोरीलाई स्कुलमा पु¥याएपछि आफ्नो कर्तब्य पुरा भएको नठानी स्कुलले कस्तो शिक्षा प्रदान गरेको छ भन्ने बारेमा समेत बेला बेलामा ध्यान दिनुपर्ने बताउनुभयो ।

सोही कार्यक्रममा कोहलपुर नगरपालिकामा मेयर एलवी रावलले शिक्षा क्षेत्रमा सशस्त्र प्रहरी बलले लगानी गरेर पश्चिम क्षेत्रको बिकासमा महत्वपूर्ण काम गरेको बताउनुभयो । सो स्कुलका प्रिन्सिपल हरिसचन्द्र बुढाथोकीले स्कुलले संचालन गर्दै आएको कार्यक्रमको बारेमा जानकारी गराउृनु भएको थियो भने बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सशस्त्र प्रहरी बरिष्ठ उपरीक्ष इन्द्रराज कार्कीले बिद्यालयले संचालन गरेको कार्यक्रमको बारेमा जानकारी दिनुभएको थियो ।