लाखौ रकम लुकाई चोरी भएको उजुरी

0
Shares

न्युज अफ नेपाल, ललितपुर ।

आफ्नो घरबाट लाखौं रकम र सुन चोरी भएको झुठा उजुरी दिने कान्छी पोडेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ललितपुर महालक्ष्मी नगरपालिका– १ का निज पोडेलाई महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएका प्रहरीको टोलीमा नियन्त्रणमा लिएको थियो । निज पोडेले आफ्नो रकम र गरगहना चोरी भएको भनि प्रहरी वृत्तमा उजुरी दिएका थिए परिसरमा आफूमाथि कुटपिट भएको उजुरी दिएको परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक प्रज्वल महर्जनले बताउनुभयो ।

निज पोडेले आफ्नो घरबाट २६ लाख र सुन करिब ७ तोला चोरी भएको उजुरी दिएका थिए । उजुरी लगतै प्रहरी टोली निज पोडेको घरमा पुग्दा ढोका, दराज फोडिएको सामानहरु छरपष्ट रहेको पाइएको थियो । सोही क्रममा घरको खानतलासी गर्दा नगद र गहना घरको माथिल्लो पुजा कोठामा निजले लुकाई राखेको अवस्थामा भेटिएको परिसरले जनाएको छ ।‘निजले झुठा उजुरी किन दियो ? किन यस्तो व्यवहार गरिने भन्ने विषयमा अनुसन्धान गरिरहेको छ ।’ प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक महर्जनले भन्नुभयो ।