अध्यक्ष दाहालद्वारा नेता पन्तको स्वास्थ्यस्थितिको जानकारी

0
Shares

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थायी कमिटी सदस्य रघुजी पन्तको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुभएको छ । पेटमा समस्या स्थायी कमिटी सदस्य पन्त बुधबार काठमाडौँ मोडल अस्पतालमा भर्ना हुनुभएको थियो ।

अध्यक्ष दाहाल आज साँझ अस्पतालमा पुगेर नेता पन्तको स्वास्थ्य अवस्थाको जानकारी लिनुभएको उहाँका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिनुभयो । नेता पन्तको स्वास्थ्यस्थितिमा सुधार हुँदै आएको र एक सातासम्म अस्पतालमा बस्न चिकित्सकले सुझाव दिएका छन् । अध्यक्ष दाहालले नेता पन्तको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको थियो ।