यो बस्तीले मुहार फेर्नेछः शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठ

हामी एकिकृत बस्तीको रुपमा विकास गर्छौः सचिव डा.सिह


उर्लाबारी, मोरङ ।
सरकारले सन्थाल जातिको विकासगर्न एकिकृत बस्ती निर्माण गर्ने भएको छ । उर्लाबारीको नगरपालिका–८ स्थित नदी किनारामा बस्दै आएका रहेको सन्थाल जातिको प्रस्ताबित एकिकृत बस्तीको अवलोकन पछि शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले सो क्षेत्रमा व्यवस्थित एकिकृत बस्ती विकास गर्ने जानकारी दिनुभएको हो ।
बस्तीमा बसेका करिब ७० घर परिवारको दयनीय अवस्था देखेपछि आफुसंगै अवलोकनमा आएका सचिव डा. रमेशप्रसाद सिंह सहितको टोलीलाई मन्त्री श्रेष्ठले तत्काल एकिकृत बस्ती बिकासका लागि कार्ययोजना तयार गर्न निर्देशन दिनुभएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले सन्थाल जातिको उत्थान र विकास गर्न एकिकृत बस्ती निर्माण गरी उनीरुहको जीविकोपार्जनको विकल्प तयार गर्र्नुपर्ने विषयमा चासो देखाएपछि मन्त्री श्रेष्ठ, सचिव डा सिंह, शहरी विकास तथा भवन विभागका उच्च अधिकारी सहितको टोली झापाको उर्लाबारी स्थित सन्थाल बस्ती पुगेका थिए ।
नदी उकास क्षेत्रमा नरकट र खरको छानाले बारेर बनाएको घरमा बस्दै आएका बस्तीको अवलोकन गर्दै मन्त्री श्रेष्ठले भन्नुभयो – ‘तपाईहरुको समस्याको समाधान हुन्छ , राष्ट्रपति र प्रधानमन्त्री ज्युले समेत यो विषय र बस्तीमा तपाईको अवस्थाबारे चासो देखाउनुभएको छ ,यस्तो अवस्था बुझेर दुःखित हुनुभएको छ । ‘उहाँहरुले मन्त्रालयलाई एकिकृत बस्ती विकास गरी व्यवस्थित बसोबास गराउन आग्रह गर्नुभएको छ । सोही आग्रह अनुसार म सहितको टोली तपाईको बस्तीमा आएका हौ– मन्त्री श्रेष्ठले भन्नुभयो । उहाँले अब यो बस्तीले मुहार फेर्ने छ भन्नुभयो । मन्त्री सहितको टोली सन्थाल बस्तीमा पुग्नासाथ भावविब्हल भएका सन्थालवासीले मन्त्री श्रेष्ठलाई आफ्नो समस्या सुनाएका थिए ।
लगत्तै मन्त्री श्रेष्ठले आश्वामसन दिदै भन्नुभयो–तपाईहरुको अवस्था मैले देखेको छु ,सरकारले तपाई हरुलाई व्यवस्थित घर बनाएर राख्नेछ । लोपोन्मुख र सिमान्तकृत सूचीमा रहेका सन्थाल जातिको उत्थानमा कुनै कमी हुन नदिने मन्त्री श्रेष्ठको भनाई थियो । तत्काल एकिकृत बस्ती विकासका गर्न कार्यदल बनाउन यहीबाट निर्देशन दिएको छु , कार्यदलले प्रतिवेदनको आधारमा काम अघि बढाउने छ – मन्त्री श्रेष्ठले भन्नुभयो । सन्थाल वस्तीको दयनीय अवस्था देखेर भावुक हुनुभएका मन्त्री श्रेष्ठले आश्वासन दिदै भन्नुभयो– तपाईहरु चाडै व्यवस्थित एकिकृत बस्तीमा बस्न पाउनुहुनेछ ।