मर्यादा नाघेर दिने अभिव्यक्तिले नेकपा ईतिहासकै निकै कठिन र जटिल मोडमा : महासचिव पौडेल

0
Shares

यमलाल भुसाल,बुटवल ।

नेकपाका महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलले पार्टीमा ईतिहासकै निकै कठिन र जटिल मोड देखापरेको बताउनु भयो । उहाँले पार्टी भित्र के कुराले विवाद भयो भन्ने कुरा आफुले बुझन नसकको समेत बताउनु भयो । अर्थमन्त्री भएसंगै पहिलो पटक गृहजिल्ला आउनु भएका महासचिव पौडेलल दुई अध्यक्ष बीच देखिएको मर्यादा नाघेर दिने अभिव्यक्तिले थप संकट उत्पन्न भएको बताउनु भयो ।

यो विषय चिन्ताजनक भएको भन्दै उहाँले मर्यादाभित्र फर्किएर छलफल गर्नुपर्ने र जसरी पनि पार्टीलाई एकतावद्ध बनाउन लागि पर्नुमा जोड दिनु भयो । प्रेस चौतारी नेपाल रुपन्देहीले मंगलवार आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पौडेलले पार्टी भित्र देखिएको संकट र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवासंग प्रधानमन्त्रीको भेट संबैधानिक हैसियतका रुपमा भएको दावि गर्नु भयो ।

उहाँले सत्ता समिकरणका विषयमा कुनै छलफल नै नभएको समेत स्पष्ट पार्नु भयो । सञ्चारकर्मीहरुको तपाईले अर्थमन्त्रीसँग प्रदेश राजधानी साट्नुभयो भन्ने व्यापक चर्चा छ, भन्ने प्रश्नमा महासचिव पौडेलले भने त्यसलाई अस्वीकार गदै यसका लागि उनले तीन दलिल पेश गर्नु भयो । अब राजधानीको बहसमा अल्झिनुभन्दा बुटवलको विकासका विषयमा छलफल गर्नुपर्ने बताउनु भयो ।

पहिलो, प्रदेशको देशको केन्द्र प्रदेशसभाले तोक्ने हो । अर्थमन्त्री प्रधानमन्त्रीले नियुक्त गर्ने हो । त्यसकारण प्रदेशसभाले निर्णय गर्ने विषय र प्रधानमन्त्रीले निर्णय गर्ने विषय साट्ने भन्ने प्रश्नै भएन । दोस्रो, साट्नु पर्ने आवश्यकता किन छैन भने म पहिलो पटक अर्थमन्त्री भएको होइन । यसअगाडि पनि अर्थमन्त्री भएको हुँ ।

त्यसकारण अर्थमन्त्री हुनका निम्ति साट्नु पर्ने भन्ने प्रश्न हुन सक्दैन । तेस्रो, प्रदेशको केन्द्रका विषयमा राजनीतिक दलहरु, जनप्रतिनिधिहरुका बीचमा आआफ्ना मत थिए निर्वाचनका बेला, त्यो भन्दा अगाडि पनि र पछाडि पनि । तर एउटा प्रक्रियाबाट अधिकारप्राप्त निकायले एउटा निर्णय गरेको उहाँको कथन रहेको छ । उहाँले प्रदेशको राजधानी बुटवल नहुदैमा बुटवल विकासवाट पछाडी नपर्ने दावि पनि गर्नु भयो ।